अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

युद्धविराम

अमेरिकाको मध्यस्थतामा भारत र पाकिस्तान युद्धविराम गर्न सहमत

भारतले भन्यो– अब जमिन र हवाई आक्रमण हुँदैन, पाकिस्तानले सबै उडानका लागि हवाई क्षेत्र पुनः खोल्यो

trump india pak

संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन्।

ट्रम्पले शनिबार साँझ ट्वीट गर्दै भने, ‘अमेरिकाको मध्यस्थतामा हिजो राति लामो छलफलपछि मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि भारत र पाकिस्तानले आक्रमणहरू तुरुन्तै र पूर्ण रूपमा रोक्न सहमत भएका छन्। म दुवै देशलाई सामान्य ज्ञान र समझदारीपूर्ण निर्णय लिएकोमा बधाई दिन्छु।’

भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण, गोलाबारी र तनावपूर्ण अवस्था सिर्जना भएको बेला यो कदम चालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो।

अमेरिकी पक्षले यसलाई दुई देशको सामान्य ज्ञान र महान् बुद्धिमत्ताको परिणामको रूपमा वर्णन गरेको छ। अमेरिकाले युद्धविराम गर्ने निर्णयको लागि दुवै देशलाई बधाई दिएको छ। अब सीमामा शान्ति पुनर्स्थापित हुने र दुई देशबीचको तनाव कम गर्न थप सकारात्मक कदम चालिने अपेक्षा गरिएको छ।

भारतले भन्यो– अब जमिन र हवाई आक्रमण हुँदैन

भारतले अब जमिन र हवाई आक्रमण नहुने जनाएको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीले दुवै देश साँझ ५ बजेदेखि युद्धविराम गर्न सहमत भएको बताए।

भारत र पाकिस्तानबीच युद्धविराम भएपछि भारतीय विदेश सचिव विक्रम मिश्रीले शनिबार साँझ भने, ‘युद्धविराम साँझ ५ बजेदेखि लागू हुनेछ। अब दुवै देशले जमिन, आकाश र समुद्रमा एकअर्कामाथि आक्रमण गर्ने छैनन्। दुवै देशका डीजीएमओहरूले मे १२ मा दिउँसो १२ बजे वार्ता गर्नेछन्।’

पाकिस्तानले सबै उडानका लागि हवाई क्षेत्र पुनः खोल्यो

भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएको केही समयपछि पाकिस्तान एयरपोर्ट प्राधिकरणले देशको हवाई क्षेत्र खुलाइएको घोषणा गरेको छ । यो घोषणासँगै सबै उडानहरू पूर्ण रूपमा सञ्चालन हुनेछन् ।

यसअघि, लगातारको सैन्य झडपका कारण पाकिस्तानले हवाई क्षेत्र आंशिक रूपमा बन्द गरेको थियो, जसले अन्तर्राष्ट्रिय तथा घरेलु उडानहरू प्रभावित पारेको थियो ।

तर अब, युद्धविरामको घोषणापछि सामान्य स्थितिमा फर्किन थालेको संकेतस्वरूप हवाई आवागमन पुनः सुचारु गरिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds