काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सरकारले गत वैशाख १९ गते ल्याएको नीति तथा कार्यक्रम पारित गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए। त्यसपछि संसदमा वैशाख २२ गतेदेखि निरन्तर छलफल भएको थियो।
आइतबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। सांसदहरूले दिएका सुझावहरू समेटेर आगामी वर्षको बजेट बनाउने उनले प्रतिबद्धता जनाएका थिए।
राष्ट्रिय सभाबाट पनि बहुमतले पारित
राष्ट्रिय सभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन्।
सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका थिए।
त्यस क्रममा उनले नीति तथा कार्यक्रम सुशासन प्रवद्र्धन र विकासको गतिलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित प्रस्तुत भएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘देशलाई सार्वभौसमसत्ता सम्पन्न, स्वाधीन, स्वतन्त्रता राख्दै राष्ट्रिय हितको जगेर्ना र प्रवद्र्धन गर्नुपर्ने आवश्यकतालाई नीति तथा कार्यक्रमले समेटेको छ।’
उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर समाजमा अराजकतालाई राजनीतिक आचरणको रुपमा अगाडि बढाइएकोप्रति र जनताप्रति चिन्ता व्यक्त गर्दै प्राणलीमाथि गरिने प्रहारप्रति सचेत हुनुपर्नेमा जोड दिए।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह