पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्राप्त गरेको ‘जीपीए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ ।
विगतमा प्रवेश परीक्षा लिएर त्यसैका आधारमा विद्यार्थी भर्ना गर्ने गरेकोमा सीटीईभीटीले अबदेखि प्राप्त जीपीएका आधारमा भर्ना गर्न लागेको हो ।
सीटीईभीटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिकसत्रबाट जीपीएका आधारमा विद्यार्थी भर्ना गर्ने जानकारी दिए । अब विद्यार्थीले सीटीईभीटीअन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिन नपर्ने भएको हो ।
सीटीईभीटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका–२०८२ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
निर्देशिकामा एसईई परीक्षामा प्राप्त जीपीए आधारमा योग्यताक्रम सूची तय गर्ने व्यवस्था गरिएको छ । मिश्रका अनुसार सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्णलाई थप अङ्कभारबापत एक र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अङ्कभार वापत ० दशमलव ८५ दिने व्यवस्था गरिएको छ ।
सीटीईभीटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाइनमार्फत फारम भर्ने व्यवस्थासमेत गरेको छ । आङ्गिक र सम्बन्धनप्राप्त निजी क्याम्पसले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण गर्नेछन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु