दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु

दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु

एसईई दिएर कम्युटर सिकिरहेका थिए एक्ला सन्तान सिजल

sijal mrit

गोरखा । दरौंदी खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ ।

अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकाको सीमामा कालिका हाइड्रोको ड्याम क्षेत्रमा बनेको रहमा डुबेर बारपाक सुलिकोट ४ जोडाँडा–लामागाउँका १६ वर्षीय सिजल गुरुङको मृत्यु भएको हो ।

एसईई दिएर बसेका सिजल आफ्ना अन्य चार साथीसहित ढोडेनीभन्दा तल ५/६ किलोमिटर हिँडेर पौडी खेल्न पुगेका थिए । हिमालय मावि सौरपानीमा कम्युटर सिकिरहेका उनीहरू त्यतैबाट दरौंदीमा पौडी खेल्न पुगेको स्थानीयले बताएका छन् ।

सिजल पौडी खेल्न पारंगत थिएनन् र खेल्ने क्रममै गहिरोतिर पुगेपछि सिजलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिजल सुरेश दम्पत्तिका एक मात्र सन्तान हुन् । उनी इन्जिनियर बन्ने लक्ष्यसहित कम्युटरसमेत सिकिरहेको बताइन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ