प्रचण्डको फोन सामान्य हो, माओवादीसँग गठबन्धन हुँदैन : कांग्रेस

राजनीति

प्रचण्डको फोन सामान्य हो, माओवादीसँग गठबन्धन हुँदैन : कांग्रेस

congress samsadiya dal

नेका संसदीय दलको बैठकमा सहभागी सदस्यहरु काठमाडौँ, ३ जेठः नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा शनिबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सहभागी सदस्यहरु। तस्बिरः गोपाल दाहाल÷रासस

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभापति शेरबहादुर देउवालाई फोन गर्नु सामान्य भएको बताएको छ।

माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका प्रचण्डले देउवासँग टेलिफोन संवाद गरेका थिए।

त्यसलगत्तै माओवादी उपमहासचिव जनार्दन शर्मा देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए। तर, कांग्रेस नेताहरूले भने यी घटना सामान्य रहेको र अहिले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना नरहेको बताएका छन्।

 शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले डडेलधुराबाट प्रचण्डले सभापति देउवालाई फोन गर्नु संयोग मात्र भएको बताए।

यसअघि देउवाको गृह जिल्ला पुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको स्मरण गर्दै महतले प्रचण्डले पनि त्यहाँ पुगेर देउवालाई सम्झेको मात्र दाबी गरे। महतले प्रचण्ड र देउवाबीचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरे।

प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि कांग्रेस अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन गर्ने कुनै सोचमा नरहेको बताए। माओवादीसँग गठबन्धन गर्ने कुरा वा सरकार परिवर्तनको योजना नरहेको घिमिरेले प्रस्ट पारे। पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै प्रमुख सचेतक घिमिरेले अहिले नै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको दोहोर्‍याए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ