काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभापति शेरबहादुर देउवालाई फोन गर्नु सामान्य भएको बताएको छ।
माओवादीको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा शुक्रबार देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका प्रचण्डले देउवासँग टेलिफोन संवाद गरेका थिए।
त्यसलगत्तै माओवादी उपमहासचिव जनार्दन शर्मा देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए। तर, कांग्रेस नेताहरूले भने यी घटना सामान्य रहेको र अहिले माओवादीसँग गठबन्धन गरेर जाने कुनै योजना नरहेको बताएका छन्।
शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले डडेलधुराबाट प्रचण्डले सभापति देउवालाई फोन गर्नु संयोग मात्र भएको बताए।
यसअघि देउवाको गृह जिल्ला पुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको स्मरण गर्दै महतले प्रचण्डले पनि त्यहाँ पुगेर देउवालाई सम्झेको मात्र दाबी गरे। महतले प्रचण्ड र देउवाबीचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरे।
प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि कांग्रेस अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन गर्ने कुनै सोचमा नरहेको बताए। माओवादीसँग गठबन्धन गर्ने कुरा वा सरकार परिवर्तनको योजना नरहेको घिमिरेले प्रस्ट पारे। पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै प्रमुख सचेतक घिमिरेले अहिले नै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको दोहोर्याए।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह