पोखरा । गण्डकी प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन यही जेठ ११ देखि सुरु हुने भएको छ । गण्डकी प्रदेश सरकारले सिफारिस गरेबमोजिम प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार अधिवेशन आह्वान गरेका हुन् ।
गत मंगलबारको मन्त्रिपरिषद् बैठकले ११ गते दिउँसो २ बजेलाई अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेश प्रमुख कार्यालयमा आइतबार सिफारिस पत्र प्राप्त भएपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको कार्यालयका प्रवक्ता उपसचिव रामेश्वर अर्यालले जानकारी दिए ।
यस अधिवेशनमा मुख्यतः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत र छलफल हुनेछ । प्रदेश सभाको पछिल्लो अधिवेशन दुई महिना चलेर गत चैत २६ मा अन्त्य भएको थियो ।
सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगाडि नै संसदमा बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गर्नुपर्ने भएकाले जेठ ११ गतेबाट आठौं अधिवेशन आह्वान भएको हो ।
सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. टकराज गुरुङका अनुसार जेठ १२ गते सभामा बजेटका सिद्धान्त र प्राथमिकता पेश गर्ने तयारी छ । प्रदेश सरकारले मन्त्रालयहरुलाई सिलिङ लिएर अहिले बजेट निर्माणको काम गरिरहेको छ ।
बजेट निर्माणको काम चलिरहँदा यतिबेला सबैजसो मन्त्रालयहरुमा योजना माग गर्दै कागजात लिएर पुग्नेहरुको लर्को लागिरहेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सामाजिक विकास, अर्थ मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, पर्यटन, कृषि मन्त्रालय लगायतमा योजनाका फाइल बोकेर नेता–कार्यकर्ताहरु पुगिरहेका छन् ।
३२ अर्ब ९७ करोड ८५ लाखको चालु बजेट ल्याएको सरकारको यसपटक भने आकार घट्ने भएको छ । अहिले करिब २९ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याउने गरी मन्त्रालयहरुमा सिलिङ दिएर योजना छनोटको काम भइरहेको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ