पोखराको आकाशमा पर्यटक उडाउने प्याराग्लाइडिङ पाइलटले मादकपदार्थ र लागु पदार्थ सेवन गर्ने गरेको गुनासो आएको धेरै भयो। बेला बेलामा चेकजाँच पनि गरिएका छन् । केहीले सेवन गरेको भेटिँदै आएको छ।
अहिले फेरि गुनासो आएपछि कास्की प्रहरीले प्याराग्लाइडिङको ‘टेकअफ प्वाइन्ट’मै पुगेर परीक्षण गरेको छ। पाइलटले लागुपदार्थ र मापदक पदार्थ सेवन गरे वा नगरेको थाहा पाउनका लागि कास्की प्रहरीको टोली नै प्याराग्लाइडिङको टेकअफ प्वाइन्ट पोखरा–१८ मान्द्रेढुंगा पुगेको थियो।
मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) परीक्षणको क्रममा प्रहरीले एकजना पाइलटले मादकपदार्थ र लागुपदार्थ सेवन गरेको फेला पारेको थियो। सबैगरी ३९ जना पाईलटको मापसे र सोही मध्येका १५ जना पाईलटको लापसे चेकजाँच गर्दा एकजना पाईलटले मापसे र लापसे दुवै सेवन गरेको पाइएकोले निजलाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले बताएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले प्याराग्लाइडिङका पाइलटले मापसे र लापसे सेवन गर्ने गरेको भनेर उजुरी आएपछि छड्के परीक्षण गरेको बताए।
मल्टि ड्रग टेष्ट किटबाट परीक्षण गर्दा लागुपदार्थ र मापदक पदार्थ सेवन गरे नगरेको भनेर पाँचमिनेटमै थाहा हुन्छ। लागुपदार्थको परीक्षणका क्रममा भने पिसाब परीक्षण गरिनेछ । ‘प्याराग्लाइडिङ उडान सुरक्षित होस भन्ने हाम्रो चाहना हो। यो पोखराको महत्वपूर्ण पर्यटकीय प्रडक्ट हो। यसलाई सुरक्षित बनाउँदा पर्यटक र पाइलट सबै सुरक्षित हुन्छन,’ ओलियाले भने, ‘अधिक पर्यटकले रुचाएको साहसिक पर्यटकीय प्रडक्ट कुनै कारणबाट पनि असुरक्षित हुनु हुँदैन।’
अहिले पोखरामा ५७ वटा कम्पनिले प्याराग्लाइडिङ उडानका लागि अनुमति लिएका छन् । ती कम्पनिमा २ सय ६० जना पाइलट कार्यरत छन् । तर, अहिले पाहुना अभावमा दिनमा बढीमा एकसय ४० हाराहारीमा उडान भएका छन् ।
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ