म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ

म्याद थप गरी ल्याउने क्रममा भागेका अभियुक्त पक्राउ

pa

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँको गेटबाट भागेका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति दोलखा जिल्ला बैदेश्वर गाउँपालिका– १२ स्थायी घर भई काठमाडौँ महानगरपालिका– २४, नरदेवीमा बसोबास गर्दै आएका २४ वर्षीय निशान परियार हुन्।

उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेको थियो।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट म्याद थपको प्रक्रियाका लागि लैजाने क्रममा जिल्ला प्रहरी परिसर, काठमाडौँको गेट नजिकैबाट उनी दिउँसो १२ः२१ बजे फरार भएका थिए।

त्यसलगत्तै खटिएको प्रहरी टोलीले साँझ ६ः१८ बजे काठमाडौँ महानगरपालिका– २४ याट्खा टोलमा लुकीछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds