पोखरा । ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा थुनामा रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा भने २० लाख धरौटी माग भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई सूर्यदर्शन सहकारीका हकमा २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटी माग गरेपनि उनले धरौटी बुझाएका छैनन् ।
धरौटी नबुझाएपछि उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ । नेपाली हाल बागलुङ कारगारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो ।
सोही आदेशअनुसार कारागारमै छन् । उनीविरुद्ध कास्की अदालतमासमेत इमेज सहकारी ठगी प्रकरणको मुद्दा छ । उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ ।
पोखरा र बागलुङमा गरी दुइटा सहकारीबाट नेपालीले २ अर्ब ठगी गरेर बचतकर्ताको बिचल्ली पारेका छन् ।
छानबिनका क्रममा सहकारी ठगी अभियोग लागेपछि मेयर नेपाली १६ महिना भारतमा लुगेर बसेका थिए । नेपाल प्रहरीले उनलाई गत असोज ११ गते नयाँ दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?