हेमजा । ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न.२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा जेष्ठ १० देखि १७ गते सम्म हुने ३५ वर्ष भन्दा माथि उमेर समूहको, ‘अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२’ सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
शनिवार पहिलो खेल आयोजक हेमजा युनाइटेड निलो र वडा न। २९ बिच बिहान ठिक १०ः०० बजे हुने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुवारले जानकारी दिए । दोस्रो खेल वडा न। १५ र १६ बिच हुने छ । प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं २५ को २ समूह सहित १३ समूहले सहभागिताको लागि टिम दर्ता गरेका छन् ।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आर्चाय ज्यूको प्रमुख अथित्यता हुने क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए । साथै यस प्रतियोगिताले एकता भाईचार बढाउँदै खेलकुदमा अभिरुचि जगाउने विश्वास समेत व्यक्त गरे ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने खेल समन्वय संयोजक सौरभ कार्कीले जानकारी दिए ।
गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ । खेल पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदान (गैरी)मा हुने छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह