हेमजा । ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न.२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा जेष्ठ १० देखि १७ गते सम्म हुने ३५ वर्ष भन्दा माथि उमेर समूहको, ‘अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२’ सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ ।
शनिवार पहिलो खेल आयोजक हेमजा युनाइटेड निलो र वडा न। २९ बिच बिहान ठिक १०ः०० बजे हुने क्लबका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक इन्द्र बहादुर कुवारले जानकारी दिए । दोस्रो खेल वडा न। १५ र १६ बिच हुने छ । प्रतियोगितामा पोखरा महानगरपालिका वडा नं २५ को २ समूह सहित १३ समूहले सहभागिताको लागि टिम दर्ता गरेका छन् ।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आर्चाय ज्यूको प्रमुख अथित्यता हुने क्लबका अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए । साथै यस प्रतियोगिताले एकता भाईचार बढाउँदै खेलकुदमा अभिरुचि जगाउने विश्वास समेत व्यक्त गरे ।
प्रतियोगितामा प्रथम पुरस्कार रु १ लाख ११ हजार १११ र द्धितिय पुरस्कार रु ५५ हजार ५५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । उत्कृष्ट विधागत पुरस्कार तर्फ सर्वाधिक गोलकता, उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई प्रत्येक विधामा नगद रु २ हजार साथमा ट्रफि प्रदान गरिने छ । साथै प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार साथमा ट्रफी र क्वाटर फाइनल देखिका म्याचहरूमा म्यान अफ दि म्याच घोषण गरी ट्रफी प्रदान गरिने खेल समन्वय संयोजक सौरभ कार्कीले जानकारी दिए ।
गण्डकी प्रदेश फुटबल संघ, कास्की जिल्ला फुटबल संघ र जिल्ला खेलकुद विकास समितिको विशेष सहयोगीको भुमिका रहेको छ । खेल पोखरा–२५, हेमजा गौरीशङ्कर खेल मैदान (गैरी)मा हुने छ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो