एकल महिलाको लागि कपडा बुनाई तालिम सम्पन्न

एकल महिलाको लागि कपडा बुनाई तालिम सम्पन्न

talim

पोखरा । पोखराको बाटुलेचौरमा आयोजित एकल महिलाको लागि उनी धागो कपडा बुनाई तालिम सम्पन्न भएको छ।

वडा कार्यालय पोखरा १६ को सहयोगमा मानव अधिकारका लागी महिला एकल महिला समुहको आयोजनामा ५ दिनसम्म चलेको तालिममा त्यस क्षेत्रका एकल महिला सहभागि थिए। उनीहरूलाई प्रशिक्षक कमला थापा र गिता तिमिल्सिनाले प्रशिक्षण दिएका थिए । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गर्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले एकल महिला लक्षित यस तालिमले उनीहरूको दैनिक जीवन चर्यालाई सहज र सिपमुलक बनाउने बताए ।

कार्यक्रममा वडा सदस्य मञ्जु नेपाली, हिमालय क्लवका अध्यक्ष मोहन थापा, परोपकार महासंघका अध्यक्ष होमनाथ पौडेल, समाजसेवी पार्वती तिमिल्सिना, कोत मामलियतका सचिव नारायण देवकोटा लगायतकाले तालिम फलदायी रहेको बताउँदै, सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गरे ।

समुहका अध्यक्ष दुर्गा केसी थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्वागत उपाध्यक्ष अञ्जना अधिकारी र संचालन कोषाध्यक्ष मनमाया नेपालीले गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds