सुनचाँदी जस्तो देखिने धातु र झन्डै २९ लाख रकमसहित काठमाडौँबाट एकजना पक्राउ

सुनचाँदी जस्तो देखिने धातु र झन्डै २९ लाख रकमसहित काठमाडौँबाट एकजना पक्राउ

pakrau

पोखरा । काठमाडौँबाट सुनचाँदी जस्तो देखिने धातु र झन्डै २९ लाख रूपैयाँ नगदसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत, महाराष्ट्र सोलापुर घर भइ काठमाडौँ महानगरपालिका ३२ कोटेश्वर बस्ने श्रीराम ज्वेलर्शका सञ्चालक वर्ष २७ को योगेश श्रीमंत मगर रहेका छन् ।

सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा शुक्रबार साँझ प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट सुन जस्तो देखिने पहेँलो धातु ७३४.२९ ग्राम, चाँदी जस्तो देखिने सेतो धातु ९ के.जी. ५०० ग्राम र नगद रु २८ लाख ९३ हजारसमेत बरामद गरेको छ ।

पक्राउ परेका योगेशमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds