काठमाडौँ । तीनकुनेमा चैत १५ मा भएको प्रदर्शनमा अवाञ्छित गतिविधि गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायीलाई हत्या सम्बन्धी कसुरमा पनि अभियोजन गरिएको छ । प्रसाईंसहित ६५ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोजन गरिएको हो ।
दुर्गा प्रसाईंलाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।
२०८१ चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनमा संलग्न ६५ जनालाई प्रतिवादी कायम गरिएको छ । ११ जनालाई फरार प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ ।
रवीन्द्र मिश्रविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ मुद्दामा अभियोजन
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र विरुद्ध ४ वटा मुद्दामा अभियोजन गरिएको छ । सरकारी वकिलले मिश्रसहित ६५ जनालाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरेको हो ।
मिश्र विरुद्ध राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।
धवलशमशेरविरुद्ध ४ वटा मुद्दामा अभियोग दर्ता
राजावादीको पक्षमा प्रदर्शनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर जबराविरुद्ध राज्य विरुद्धको कसुरसहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ ।
जबरालाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु