पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ मा कक्षा नर्सरीदेखि कक्षा ९ सम्म भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच स्वागत गरेको छ ।
कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले अभिभावकहरूसँग भएको ज्ञान, सीप, क्षमता र पेसा व्यवसायबाट प्राप्त गरेका ज्ञान र आफूले सिकेका अनुभवहरू आफ्ना छोराछोरीलाई दिनुपर्नेमा जोड दिँदै प्रतिभा मावि एउटा संस्था नभएर शिक्षा कर्ममा लागेका मान्छेहरूको सपना भएको बताए ।
कार्यक्रममा विशेष अतिथि विद्यालय निरीक्षक जीवनप्रसाद रेग्मीले विद्यालयले हरेक क्षेत्रमा गरेको कामप्रति आफू अत्यन्त खुसी भएको बताउँदै विद्यालय पोखराको आकाशमा मात्र नभएर देशभरिकै उत्कृष्ट विद्यालयको रुपमा रहेको बताए ।
विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयले वर्ष २०८२ का लागि विभिन्न विधामा शिक्षकहरूलाई इन्चार्ज, तथा विभागीय प्रमुखको जिम्मेवारी समेत तोकिएको थियो ।
कार्यक्रमा कक्षा १० मा अध्यनरत लक्षिता रानाले स्वागत मन्तव्य दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन सह प्रचार्य प्रदीप खनालले गरेका थिए । उक्त कार्यक्रममा शैक्षिकसत्र २०८१ का शैक्षिक पुरस्कार वितरणसमेत गरेको विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का विद्यार्थी दीक्षित
पोखरामा रक्सी पिएर स्कुल बस चलाउने ५ चालक प्रहरी नियन्त्रणमा
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला