पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयमा कार्यरत अधिकृत तेजप्रसाद निउरे विना जानकारी कार्यालयमा अनुपस्थित हुने गरेका छन् ।
मंगलबार पनि मन्त्रालयमा जानकारी नदिइकन उनी सम्पर्कविहीन भएका हुन् । निउरेकाे अवस्थाबारे जानकारी दिँदै मन्त्रीका अर्का सचिव डिल्लीप्रसाद आचार्यले भने – ‘हिजाे कार्यालय सकिएपछि छुटिनुभएकाे हाे । त्यसपछि आज कार्यालय आउनुभएको छैन ।’
निउरे गण्डकी प्रदेश स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकका निजी सचिव हुन् । मन्त्रालयमा जानकारी नदिइ सम्पर्कविहीन भएपछि उनकाे खाेजी गरिँदा अर्कै स्थानमा भेटिए ।

मंगलबार सभागृहमा निउरे ।
निउरे यसरी जानकारी नदिइकन कार्यालयमा अनुपस्थित हुने पहिलाे पटक भने हाेइन । उनी यसअघि धेरैपटक मन्त्रालयमा जानकारी नदिइकन गयल हुने गरेका छन् । यसले मन्त्रालयका कर्मचारीलाई हैरानी भइरहेकाे स्वास्थ्य मन्त्रालयका कर्मचारी बताउँछन् ।
मन्त्रालयलाई खबर नगरेका निउरेकाे मन्त्रालयमा खाेजी भइरहँदा उनी भने एमालेको भातृ संगठन, युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन स्थल पोखरा सभागृहमा टहलिरहेकाे अवस्थामा देखिए ।

जेठ ११ गते , आइतबार दिउँसो ४ः३६ बजे कार्यालय समयमा सभागृहमा लिइएको तस्वीर ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विश्वबन्धु बगालेले यसबारे गण्डकन्यूजसँग प्रतिक्रिया दिँदै भने, ‘हामीलाई उहाँ कहाँ हुनुहुन्छ भन्ने कुनै जानकारी छैन। यदि बिदा लिएको भए म जानकार हुने थिएँ । मन्त्रीज्यूको सचिवालयमा भएकाले हामीसँग सबै विवरण नहुन पनि सक्छ। तर उहाँ मन्त्रीज्यूको काममा नभई अन्य राजनीतिक कार्यक्रममा सहभागी हुनुहुन्छ भने त्यो गलत हो ।’
निजामती सेवा ऐनअनुसार कुनै पनि सरकारी कर्मचारीले कार्यालय समयको दुरूपयोग गर्नु गैरकानुनी हाे । यसमाथि राजनीतिक गतिविधिमा संलग्न हुनुहुँदैन । अर्थात्, त्यसाे गर्न पाइँदैन।
कार्यालय आउन नसक्ने अवस्था भएमा विधिवत् रूपमा विदा लिनु वा कम्तिमा फाेनमा भएपनि जानकारी दिनुपर्छ, त्याे अनिवार्य पनि हाे । तर निउरेले पटकपटक गैरजिम्मेवारीपन देखाएपछि अहिले मन्त्री पाठकले उनलाई निजी सचिवबाट हटाउने तयारी गरेकाे उनकाे सचिवालय स्राेतले जनाएकाे छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा निउरेले फोन उठाएनन् ।
निउरे आइतबार पनि कार्यालय समयमै दिउँसो मन्त्रालय छाडेर हिँडेका थिए । मंगलबार पनि बिहानैदेखि उनी सभागृहमै थिए ।
प्रस्ट पारिएको सम्बन्धमा: मन्त्रालयका प्रशासन प्रमुखदेखि सचिवसम्म र सचिवालयका स्वकीय सचिवसँग जानकारी लिएर समाचार सामाग्री तयार गरिएको हो । प्रमाण सुरक्षित छन् ।
तस्वीर थप गरी अद्यावधिक गरिएको ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस