युवा संघमा १४ सय ४ मत खस्यो

युवा संघमा १४ सय ४ मत खस्यो

thebe puri

पोखरा । राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानमा १४ सय ४ मत खसेको छ ।

यो मत करिब ८० प्रतिशत हो । कुल मतदाता १७ सय ६४ रहेको निर्वाचन अधिकृत ईश्वरी पौडेलले जानकारी दिइन् ।

महाधिवेशनस्थल पोखरा सभागृहमा बिहान १० बजेपछि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म रहेकामा १ घण्टा थप गरिएको थियो । दिउँसो ४ बजेसम्म मतदानस्थलभित्र प्रवेश गरेका मतदातालाई मताधिकारको अवसर दिइएको थियो ।

मतदान कार्य सम्पन्न भएको १ घण्टामै प्रारम्भिक नतिजा दिन सकिने गरी निर्वाचन समितिले तयारी गरेको जनाएको छ।

१५१ सदस्यीय कमिटीमा आगामी नेतृत्वका लागि अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरी प्यानलसहित चुनावमा होमिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds