पोखरा– ८ कोवेब डिजाइन तथा डेभलपमेन्ट तालिम सम्पन्न

पोखरा– ८ कोवेब डिजाइन तथा डेभलपमेन्ट तालिम सम्पन्न

talim samapan-photo2

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ को आयोजना तथा नीति एकेडेमी पोखरा– ९ को सहकार्यमा आयोजित वेव डिजाइन एवं डेभलपमेन्ट तालिम सम्पन्न भएको छ ।

मंगलबार नीति एकेडेमीको सभाहलमा आयोजित समापन कार्यक्रममा वडाध्यक्ष रुद्रनाथ बरालले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा वडाध्यक्ष बरालले तालिममा सिकेका सिपलाई व्यवहार मै उतारेर स्वरोजगार बन्न आग्रह गरे । उनले भने, ‘अब तपाईंहरुले घरमै बसेर निकै मेहनत गर्नुस्, केही नबुझे प्रशिक्षक सँग समन्वय गर्नुस् ।’

वडा कार्यालयले स्वरोजगार बनाउने उद्देश्यले धेरै प्रकारका तालिम सञ्चालन गरिरहेको उनले बताए ।

वर्तमान समयलाई ध्यानमा राखेर तालिम आयोजना गरिएको भन्दै उनले भने, “हामी अब डिजिटल युगमा छौँ, जहाँ सिप नै शक्ति हो, तालिममा सहभागी भएकाहरुले सिकेका सीपहरु भोलिका उद्यमी, डिजाइनर र विकास कर्ताको जग बन्नेछन् ।”

डिजिटल प्रविधिको विकाससँगै प्राविधिक सीपमा दक्ष बनाउन पनि तालिम महत्वपूर्ण हुने वडाध्यक्ष बरालको विश्वास छ ।

नीति एकेडेमीका अध्यक्ष माधव पोखरेलले तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाएको र अब व्यवसायिकता तर्फ उन्मुख गराउने विश्वास व्यक्त गरे । उनले वर्तमान समयमा वेव डिजाइन तालिम जो कसैलाई आवश्यक पर्ने स्पष्ट पारे ।

प्रशिक्षार्थी दीपकराज घिमिरेले तालिम निकै प्रभावकारी भएको बताए । तालिमबाट धेरै ज्ञान हासिल भएकोले अब निखारता ल्याउनका लागि आफैले मेहनत गर्नुपर्ने उनले बताए ।

वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा– ८ का वडा सदस्य गोविन्द बराल, वडा सचिव झंकनाथ पौडेल, पत्रकार हरि पन्त लगायतले बोलेका थिए ।

नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ । हाल सम्मनीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ