पोखरा । पोखरा महानगर पालिका वडा नं. १६ ले वडाका दलित युवालाई लक्षित गरी डिजिटल मार्केटिङ तालिम शुरु गरेको छ ।
पछिल्लो प्रविधीलाई आत्मसाथ गर्दै शुरु गरिएको तालिममा त्यस वडाका दलित समुदायका करिव २७ जना युवा युवतीले सहभागिता जनाएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिईन् । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा एक महिनासम्म संचालन हुने तालिमको बुधवार पोखरा १६ का पुर्व वडाध्यक्ष दानबहादुर वानियाँले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष वानियाँले युवा पुस्तालाई स्वरोजगार वनाउनका लागि डिजिटल मार्केटिङ उपयुक्त थलो रहेको बताउँदै, विकसित प्रविधीमा चासो राख्न सुझाव दिए ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले दक्ष युवा शक्ति रोजगारीका नाममा विदेशिनु गलत भएको बताउँदै, डिजिटल मार्केटिङले स्वरोजगारी सिर्जना गर्ने स्पष्ट पारे । कार्यक्रममा वडा सदस्य राजकुमारी वानियाँ, रामचन्द्र आचार्य, हिमालय क्लवका अध्यक्ष मोहन वहादुर थापा, एकल महिला समुहका अध्यक्ष दुर्गा केसी थापा, नमुना क्लवका अध्यक्ष मिनवहादुर गुरुङ,परिवर्तन न्युजका पत्रकार प्रकाश अधिकारी,क्लाउड टेक आई टि सोलुसनका किरण रेग्मी लगायतले तालिम लिएर मात्र नभई सिकेका कुरा व्यवहारमा उर्तान सके मात्र सफल भईने बताए ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सदस्य मञ्जु नेपालीले गरेकी थिईन् । तालिममा सहभागी युवालाई क्लाउड टेक आई टि सोलुसनले सहजीकरण गर्ने बताईएको छ ।
सम्बन्धित खबर
अमेरिका बसाइपछि फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
५० प्रतिशत अनुदानमा पुतलीबजारका किसानलाई उन्नत धानको बीउ वितरण
बिलभन्दा बढी सामान बोकेको बोलेरो स्याङ्जामा नियन्त्रणमा, डेढ लाख बराबरको सामग्री बरामद
जंगलमा लुकाइराखिएको भरुवा बन्दुक फेला
स्याङ्जामा आमाको दूधको विकल्प भन्दै बिक्री हुने सामग्रीमाथि कडाइ
स्याङ्जा चेम्बर अफ कमर्शको नेतृत्व श्रीबहादुर गुरुङलाई
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य