पोखराको मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माछापुछ्रे गाउँपालिका–६ का १४ वर्षिय विशाल परियार र १३ वर्षिय विवश परियार रहेका छन् ।
पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बिहिबार दिउँसो पौने २ बजे डुबेर बेपत्ता भएका दुई बालकहरू मृत भेटिएका हुन् । मर्दी खोला पोखरेलीको खानेपानी मुहान हो ।
विशालले खोलाले बगाएका दुई साथीमध्ये अर्का साथीलाई निकालेर बचाएको तर आफू भने डुब्न पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् । अस्तामका ६ जना गाउँका साथीहरू बिदाको दिनमा बल खेल्ने भन्दै तीन किमि पर पुगेका थिए । सोहि क्रममा गर्मी भयो भन्दै उनीहरू खोलामा पुगेको मृतक बालकका साथीहरूले बताएका छन् ।
बिहीबार गणतन्त्र दिवस भएकाले सार्वजनिक बिदा हुँदा विद्यालय छुट्टी थियो । उनीहरू कक्षा ८ मा अध्ययनरत थिए ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले बालकहरूको शव करीव २० फिट गहिराईबाट बाहिर निकालेको जनाएको छ ।
स्थानीयले भने मुहान क्षेत्रमा क्रसर चलाइएको र त्यसका कारण खानेपानी नै फोहोर हुन पुगेको भन्दै खानेपानी कार्यालय तथा प्रशासनले बेवास्ता गर्दै आएको बताएका छन् । खानेपानीको मुहान क्षेत्रमै पौडी खेल्न निषेध नगर्दा पोखरेलीको खानेपानी श्रोत फोहोर हुँदै आएको छ भने यसरी बालबच्चाहरूको ज्यान जान पुगेको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर