पोखराको मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माछापुछ्रे गाउँपालिका–६ का १४ वर्षिय विशाल परियार र १३ वर्षिय विवश परियार रहेका छन् ।
पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बिहिबार दिउँसो पौने २ बजे डुबेर बेपत्ता भएका दुई बालकहरू मृत भेटिएका हुन् । मर्दी खोला पोखरेलीको खानेपानी मुहान हो ।
विशालले खोलाले बगाएका दुई साथीमध्ये अर्का साथीलाई निकालेर बचाएको तर आफू भने डुब्न पुगेको प्रत्यक्षदर्शीले जनाएका छन् । अस्तामका ६ जना गाउँका साथीहरू बिदाको दिनमा बल खेल्ने भन्दै तीन किमि पर पुगेका थिए । सोहि क्रममा गर्मी भयो भन्दै उनीहरू खोलामा पुगेको मृतक बालकका साथीहरूले बताएका छन् ।
बिहीबार गणतन्त्र दिवस भएकाले सार्वजनिक बिदा हुँदा विद्यालय छुट्टी थियो । उनीहरू कक्षा ८ मा अध्ययनरत थिए ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले बालकहरूको शव करीव २० फिट गहिराईबाट बाहिर निकालेको जनाएको छ ।
स्थानीयले भने मुहान क्षेत्रमा क्रसर चलाइएको र त्यसका कारण खानेपानी नै फोहोर हुन पुगेको भन्दै खानेपानी कार्यालय तथा प्रशासनले बेवास्ता गर्दै आएको बताएका छन् । खानेपानीको मुहान क्षेत्रमै पौडी खेल्न निषेध नगर्दा पोखरेलीको खानेपानी श्रोत फोहोर हुँदै आएको छ भने यसरी बालबच्चाहरूको ज्यान जान पुगेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ