पोखरा । कास्कीको मादी–६ स्थित जुरेभूमि युवा क्लबको आयोजनामा पोखरा–१३ स्थित काहुखोला (तल्लो बसपार्क) मा शनिबार भएको रक्तदान कार्यक्रममा ५६ जनाले रगत दान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बेद बहादुर गुरुङ (श्याम) ले जुरेभूमि युवा क्लबको प्रयासको प्रशंसा गर्दै क्लबले समाजमा सकारात्मक सन्देश दिन सफल भएको बताए।
उनले युवाहरूले विकृति, विसंगति विरुद्धको अभियानमा मात्र होइन, मानवसेवाका क्षेत्रमा पनि यस्ता आयोजनामार्फत् उदाहरणीय योगदान दिइरहेको उल्लेख गरे।
क्लबका अध्यक्ष गंगाधर बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–१३ का संस्थापक वडा अध्यक्ष दर्शन लामा, मादी–६ की वडाध्यक्ष शान्ति क्षेत्री, मादी–४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा, मादी–६ का पूर्व वडा अध्यक्ष पस बहादुर बास्तोलालगायतको उपस्थिति थियो।

क्लब अध्यक्ष बरालले आगामी दिनहरूमा यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।

क्लब सल्लाहकार समिति सदस्य रवि क्षेत्रीले युवाहरूको यथार्थ सेवाभावनाले समाजमा प्रेरणा फैलाउने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन सल्लाहकार समिति सदस्य अनिल पौडेलले गरेका थिए।

सम्बन्धित खबर
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो