पोखरा । कास्कीको मादी–६ स्थित जुरेभूमि युवा क्लबको आयोजनामा पोखरा–१३ स्थित काहुखोला (तल्लो बसपार्क) मा शनिबार भएको रक्तदान कार्यक्रममा ५६ जनाले रगत दान गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बेद बहादुर गुरुङ (श्याम) ले जुरेभूमि युवा क्लबको प्रयासको प्रशंसा गर्दै क्लबले समाजमा सकारात्मक सन्देश दिन सफल भएको बताए।
उनले युवाहरूले विकृति, विसंगति विरुद्धको अभियानमा मात्र होइन, मानवसेवाका क्षेत्रमा पनि यस्ता आयोजनामार्फत् उदाहरणीय योगदान दिइरहेको उल्लेख गरे।
क्लबका अध्यक्ष गंगाधर बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा–१३ का संस्थापक वडा अध्यक्ष दर्शन लामा, मादी–६ की वडाध्यक्ष शान्ति क्षेत्री, मादी–४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा, मादी–६ का पूर्व वडा अध्यक्ष पस बहादुर बास्तोलालगायतको उपस्थिति थियो।

क्लब अध्यक्ष बरालले आगामी दिनहरूमा यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरे ।

क्लब सल्लाहकार समिति सदस्य रवि क्षेत्रीले युवाहरूको यथार्थ सेवाभावनाले समाजमा प्रेरणा फैलाउने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन सल्लाहकार समिति सदस्य अनिल पौडेलले गरेका थिए।

सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’