दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समूह प्रथम

दोश्रो राष्ट्रिय डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ फेवा हर्पन सहकारी र महिलातर्फ ताल पारी समूह प्रथम

prize 1

पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार सम्पन्न दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी ‘बी’ प्रथम भएका छन् । पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो तथा फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान हाँसिल गरे ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद ४० हजार, द्वितियले नगद ३० हजार, तृतियले नगद २० हजार तथा सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद १० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गरेका छन् । उनीहरुलाई एक समारोहका विच पुरस्कार वितरण गरियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाराही घाटमा आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनका लागि फेवातालको संरक्षणमा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल पर्यटकिय राजधानी पोखराको प्रमुख गहना र मुख्य पहिचान भएको बताए ।

फेवा डुंगा व्यवासयी संगठनका अध्यक्ष बलराम गिरीले फेवातालको बिगत, बर्तमान अवस्थाको बारेमा अवगत गराउँदै फेवातालको महत्व बुझाउन पनि यो प्रतियोगिता आयोजना गरिएको बताए । फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने कार्यक्रमको अर्को उद्येश्य रहेको गिरीको भनाई थियो ।

सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको जनाए ।

समारोहमा बोल्दै महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बविता मल्लले यस्ता कार्यक्रमले पोखराको आर्थिक चलायमान बन्ने बताए ।

समापन समारोहमा प्रतियोगितालाई सफल पार्न सहयोग गरेका प्राविधिक संयोजक राजन पौडेल, खेम गुरुङ, आविश्कार हस्पिटल लगायतलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । सञ्चारकर्मी दीपेन्द्र पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds