पोखरा । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना तथा फेवा डुंगा व्यवसायी संगठनको व्यवस्थापनमा पोखराको फेवातालमा आइतबार सम्पन्न दोश्रो राष्ट्रिय खुल्ला डुंगा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली तथा महिलातर्फ ताल पारी ‘बी’ प्रथम भएका छन् । पुरुषतर्फ बाराही डुंगा घाटले दोश्रो, स्विमिङपुल घाटले तेश्रो तथा फिष्टेल घाटले सान्त्वना स्थान हाँसिल गरे । महिलातर्फ गौरीघाटले दोश्रो पहारीघाटले तेश्रो तथा जलारी दिदी बहिनी समुहले सान्त्वना स्थान हाँसिल गरे ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम हुने टिमले नगद ४० हजार, द्वितियले नगद ३० हजार, तृतियले नगद २० हजार तथा सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद १० हजार सहित ट्रफि, मेडल, प्रमाण–पत्र पुरस्कार प्राप्त गरेका छन् । उनीहरुलाई एक समारोहका विच पुरस्कार वितरण गरियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाराही घाटमा आयोजित समारोहमा प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा मुख्यमन्त्री पाण्डेले पोखराको पर्यटन प्रवद्र्धनका लागि फेवातालको संरक्षणमा जोड दिए ।
कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल पर्यटकिय राजधानी पोखराको प्रमुख गहना र मुख्य पहिचान भएको बताए ।

फेवा डुंगा व्यवासयी संगठनका अध्यक्ष बलराम गिरीले फेवातालको बिगत, बर्तमान अवस्थाको बारेमा अवगत गराउँदै फेवातालको महत्व बुझाउन पनि यो प्रतियोगिता आयोजना गरिएको बताए । फेवातालमा हुन सक्ने भवितब्य घटनाबारे सचेतनामुलक जानकारी दिने कार्यक्रमको अर्को उद्येश्य रहेको गिरीको भनाई थियो ।
सो अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका बरिष्ठ अधिकृत सागर श्रेष्ठले फेवातालका बारेमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय जगतमा प्रचार प्रसार गर्ने तथा पोखरामा पर्यटक भित्र्याउँदै पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको जनाए ।
समारोहमा बोल्दै महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बविता मल्लले यस्ता कार्यक्रमले पोखराको आर्थिक चलायमान बन्ने बताए ।
समापन समारोहमा प्रतियोगितालाई सफल पार्न सहयोग गरेका प्राविधिक संयोजक राजन पौडेल, खेम गुरुङ, आविश्कार हस्पिटल लगायतलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । सञ्चारकर्मी दीपेन्द्र पहारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो