स्याङ्जाको चराङमा फल्यो स्याउ

स्याङ्जाको चराङमा फल्यो स्याउ

Untitled-10

स्याङ्जामा फल्यो स्याउ

स्याङ्जाको भीरकोट नगरपालिका – ९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।

भीरकोट नगरपालिका – ९ का वडा सदस्यसमेत रहेका चराङ गहतेका ललित गुरुङ र ईमानप्रसाद गुरुङले परीक्षणका लागि लगाएको स्याउ यसवर्ष लटरम्म फलेको छ ।

‘दुई वर्ष अघि स्याउका बेर्ना किनेर परीक्षणका लागि लगायौँ’, ललितले भने, ‘फल्छ की फल्दैन भन्ने अन्योल थियो । अहिले लटरम्म फलेको छ ।’

गत वर्ष ५/७ वटा दाना मात्र फलेको उनले बताए । स्याउका लागि यहाँको हावापानी अनुकुल रहेको पाइएको छ । समुन्द्री सतहदेखि झण्डै एक हजार ५०० मिटर उचाइमा रहेको चराङ गहतेमा परीक्षणका लागि लगाइएको स्याउले राम्रो उत्पादन दिन थालेपछि अब व्यावसायिक रूपमा स्याउ उत्पादन गर्न थालेको उनले बताए ।

‘अब स्याउका बेर्ना ल्याएर व्यावसायिक रूपमा अगाडि बढ्ने तयारीमा छौँ’, ललितले भने । स्याउको व्यावसायिक उत्पादनबारे कृषि प्राविधिकसँग समन्वय छलफल गरिरहेको उनले बताए ।

चराङ गहतेमा स्याउ उत्पादन सफल भएसँगै अहिले त्यहाँका स्थानीय खाली रहेका जमिनमा व्यावसायिक रूपमा स्याउ खेती गर्नेतर्फ आकर्षित हुन थालेका छन् ।

कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले यसबारे जानकारी प्राप्त नभएको बताएका छन् । ‘उत्पादन भएको स्याउको गुणस्तर पत्ता लगाउँदै छौँ’, हमालले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds