पोखरा । नेपालमा पहिलोपटक सहायक प्रविधि प्रदर्शनी हुने भएको छ ।
विश्व सहायक प्रविधि दिवस २०२५ को अवसरमा नेपाल नेत्रहीन संघ (एनएबी) ले भालि बुधबार दृष्टिविहीन तथा न्युन दृष्टियुक्त व्यक्तिहरूका लागि सहायक प्रविधि प्रदर्शनी आयोजना गर्न लागेको हो।
कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म एनएबीको हल, सुकधारा-४, काठमाडौँमा हुने नेपाल नेत्रहीन संघका समावेशिकरण सल्लाहकार तथा सूचना अधिकारी खोमराज शर्माले जानकारी दिए ।
उनका अनुसार यो प्रदर्शनी विश्वव्यापी ‘Unlock the Everyday’ अभियानको हिस्सा हो जसले विश्वभर करिब एक अर्ब मानिसहरूका लागि आवश्यक सहायक प्रविधिको पहुँच अभावलाई उजागर गर्दै सबैका लागि समावेशी प्रविधि सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्दछ।
ग्लोबल डिसएबिलिटी इनोभेशन (GDI) हबको पहलमा सुरु गरिएको यो दिवस २०२४ देखि मनाउन थालिएको हो।
प्रदर्शनीमा मोबाइल एप्स, स्क्रिन रिडर, ब्रेल उपकरण, कृत्रिम बुद्धिमत्ता (AI) प्रविधि लगायतका सहायक प्रविधिहरूको डेमो र प्रयोग गरिनेछ। दिउँसो १२ः३० देखि २ः०० बजे सम्म “सहायक प्रविधिमा पहुँच” समावेशीतामा सरोकारवालाको भूमिका शीर्षकमा प्यानल छलफल पनि गरिनेछ।
साथै, एनएबीले ‘Tech 4 Inclusion Nepal’ नामक राष्ट्रिय सहायक प्रविधि अभियानको औपचारिक शुभारम्भ गर्नेछ जसको उद्देश्य नीति निर्माण, बजेट विनियोजन, र प्रविधिमा पहुँचको प्रवद्र्धन गर्नु हो।
“सहायक प्रविधिमा पहुँच अधिकार हो, विलासिता होइन,” नेपाल नेत्रहीन संघ (NAB) का अध्यक्ष शिशिर खनालले भने “यो प्रदर्शनी नीतिनिर्माता, निजी क्षेत्र, संचारमाध्यम, शिक्षक तथा नागरिक समाज सबैलाई सहकार्यको लागि प्रेरित गर्ने अभियान हो।”
कार्यक्रममा सरकारी निकाय, अपाङ्गता तथा शिक्षा क्षेत्रमा कार्यरत संस्था, विद्यालय, कलेज, अपाङ्गता भएका व्यक्तिहरूका संस्था (OPDs), प्रविधि विकासकर्ता, सञ्चारकर्मी तथा दृष्टिविहीन र न्युन दृष्टियुक्त व्यक्तिहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई एनएबीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ र त्यसपछि संक्षिप्त प्रतिवेदन सार्वजनिक गरिने आयोजकले जनाएको छ।
यस अघि दृष्टिविहीन व्यक्तिहरुको रोजगारी स्वास्थ्य पुनस्थापना र समावेशी शिक्षामा पहुँचको लागि पैरवी गर्दै आइरहेको यस संघले विश्व सहायक प्रविधि दिवस हर्ष उल्लासका साथ मनाउन लागेको हो।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान