पोखरा । नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने फोटो तथा मोबाइल पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ ।
समापन सत्रमा बोल्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले तालिमले पत्रकारीता पेशामा निपूर्ण बन्न विशेष भूमिका खेल्ने बताए । उनले तथ्य र सत्य समाचार सम्प्रेशन गर्नु नै पत्रकारको मूल धर्म भएको बताउँदै आÇनो कर्मको सहि सदुपयोग गर्न आग्रह गरे ।
प्रमुख प्रशिक्षक वरिष्ठ फोटो पत्रकार एवं मोवाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले फोटो, भिडियोका लागि मोवाइलको उच्चतम प्रयोग गर्न सकिने बारे प्रशिक्षित गरे ।
वरिष्ठ फोटो पत्रकार द्धय राम गुरुङ र कृष्णमणि बरालले फोटो पत्रकारिताको आचारसंहिता पालनासहित फोटो पत्रकारिताको महत्व बारे स्पस्ट पारेका थिए ।
तालिममा सहभागीकोे तर्फबाट पत्रकारद्धय रोजी श्रेष्ठ र राजन उपाध्ययले तालिम प्रभावकारी र फलदायी भएको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सह–सचिव मधु अधिकारीले गरेका थिए ।
जेठ १८, १९ र २० गते ३ दिनसम्म भएको कार्यक्रममा पोखराका ७० जना पत्रकार एवम संचारकर्मीको सहभागिता थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ