रौतहट । कटहरिया नगरपालिका–१, भासेढवा गाउँमा एक जना नवविवाहिता महिलाको शव आफ्नै घरमा फेला परेको छ । उनको मृत्यु शंकास्पद रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका अनकेश यादवकी २२ वर्षीय श्रीमती अल्का यादव आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय कटहरिया र गरुडाको संयुक्त टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको थियो ।
अल्का यादवलाई उत्तानो अवस्थामा बेडमै मृत अवस्थामा फेला पारिएको, मृतकले उल्टी गरेको पाइएको डीएसपी राजन कार्कीले जानकारी दिए ।
मृतकका श्रीमान् अनकेश यादव र सासु शान्तिदेवी फरार रहेको उनको भनाइ छ । मृतकका ससुरा रामपुकार प्रसाद यादवलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको उनले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ । पोष्टमार्टम रिपोर्टसँगै अनुसन्धान पूरा भएपछि घटनाबारे यकिनका साथ भन्नसक्ने डीएसपी कार्कीले बताए । फरार रहेका अनकेश र उनकी आमा शान्तिदेवीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
दुई साता अघिमात्र श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै कटहरिया–३, बडेरवाका अरमान राय भाटविरुद्ध ईलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी दर्ता भएको थियो । आरोपित अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।
सम्बन्धित खबर
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
सर्वोच्चले पुनर्बहाली गरेपछि शाक्यले सम्हाले प्राधिकरणमा कार्यकारी निर्देशकको पद
बहुविवाह कसुरमा डीएसपी नेपाल पक्राउ
स्याङ्जामा बालिका र किशोरीलाई आत्मरक्षा तालिम
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?