पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न व्यवसायीको पदयात्रा

पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न व्यवसायीको पदयात्रा

padyat

पोखरा । पोखरा २३ मकनपुरमा आन्तरिक पर्यटक प्रवद्र्धन गर्न पोखराका पर्यटन व्यवसायीले पदयात्रा गरेका छन् ।

भिजिट पोखरा २०२५ को आयोजनामा भएको कार्यक्रममा पोखराका विभिन्न संघ संस्थाका अध्यक्ष र पर्यटन व्यवसायीको सहभागीता रहेको थियो । मकनपुरमा भएका होमस्टे, पञ्चासे क्षेत्रमा रहेका धार्मिक, सास्कृतीक र होमस्टेहरुको प्रवद्र्धन गर्न उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

भिजिट पोखरा २०२५ कार्यान्वयन समितिका संयोजक गोपी भट्टराईले पञ्चासे क्षेत्रमा रहेका ग्रामीण होमस्टेले पर्यटकलाई स्थानीय जीवनशैली जान्ने बताए । उनले मौलिक सांस्कृतिक प्रस्तुति र परम्परागत जडीबुटीहरु प्रयोग गरेका खाना खान पाउदा विदेशीहरु पनि नयाँ अनुभव हुने बताए ।

उनले पोखराको पर्यटन प्रवद्र्धन गर्न भिडियो प्रतियोगिता, पर्यटन प्रवद्र्धनका लागि भारत, चीन, बंगलादेश लगाएतका देशमा पर्यटन प्रवद्र्धनका लागि सेल्समिसन सन्चालन गर्ने बताए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सुर्य भुजेलले पर्यटन विकासका लागि सेवामा स्तरीयता कायम गर्नु पर्ने बताए । उनले तालिम आवश्यक परेरमा आफुहरुले सहयोग गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार मंहासघ गण्डकीका अध्यक्ष रमेश पौडेलले पञ्चासे क्षेत्र धार्मिक महत्वको क्षेत्रका साथै जैविक विविधताले महत्वपुर्ण भएको बताए । कार्यक्रममा हर्पन खोला संरक्षण समितिका अध्यक्ष रविन्द्र गुरुङ, मकनादेवी सामुदायीक होमस्टेका अध्यक्ष शिव घले लगाएतले प्रचार प्रसारको अभावमा पहिलेका पदमार्ग ओझेल पर्दै गएको बताए ।

पोखराको पृथ्वीचोक, हल्नचोक, पामेबजार, ठुलाखेत, घाटिछिना हुदै करिब ४० मिनेटमा पुग्न सकिन्छ  । ३१ घरधुरी रहेको यो गाउँमा अहिले ५ घरमा होमस्टे संञ्चालन भएको छ भने अन्य थोरै घरमा मात्रै मानिसहरु बस्छन् । अन्य घर खाली छन् । होमस्टको प्रबद्र्धन गर्दै गाउँ मै फर्किनका लागि पे्ररित गर्न कार्यक्रमको आयोजना गरेको पञ्चासे फाउण्डेसनका अध्यक्ष नवराज पौडेलले बताए । पञ्चासे कास्की, पर्वत र स्याङजाको संगमस्थलका रुपमा लिइन्छ । पञ्चासे क्षेत्रमा ५५९ प्रजातिका बनस्पती १४३ प्रजातिका सुनाखरी पाइने पौडेलले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ