सप्तकोशीमा बेपत्ता भएका गोताखोर साउदको शव भेटियो

सप्तकोशीमा बेपत्ता भएका गोताखोर साउदको शव भेटियो

saud

पोखरा । सत्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरी बलका गोताखोर सुरज साउदको शव फेला परेको छ ।

उनको शव कुरिनटारबाट गएको सशस्त्र प्रहरी बलको अनुभवी गोताखोर डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक शव फेला पारेको हो ।

साउद नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।

पूर्वअभ्यासका क्रममा २२ जेठमा साउद र अर्का गोताखोर हरदेव सिंह राजवंशी सप्तकोशीमा बेपत्ता भएका थिए ।

सिंहको शव भोलिपल्ट २३ जेठमा भेटिएको थियो । साउद भने बेपत्ता थिए ।

सम्बन्धित न्यूज:

विपद् अभ्यासका क्रममा सप्तकोशीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता, एक जनाको शव भेटियो

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ