विपद् अभ्यासका क्रममा सप्तकोशीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता, एक जनाको शव भेटियो

विपद् अभ्यासका क्रममा सप्तकोशीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता, एक जनाको शव भेटियो

gothakhor

सुनसरी । सप्तरीको सप्तकोशी विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका एक सुरक्षाकर्मीको शव फेला पारेको छ ।

बेपत्ता भएका सशस्त्र प्रहरी बल, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बेपत्ता भएका अर्का नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सुरज साउदको भने खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो नदीमा मनसुनजन्य पूर्वतयारीका लागि गरिएको सिमुलेसन अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका उनीहरु बेपत्ता भएका थिए।

खोजीका लागि सशस्त्र प्रहरी बलका विभिन्न टोली परिचालन गरिएको छ। दन्तकाली विशेष कार्य तालिम शिक्षालयका डीएसपी विजय हमालको कमान्डमा ४ जना गोताखोरसहित ३५ जना, नम्बर ६ गण सप्तरीका डीएसपी बिपिन देशारको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त २० जनाको टोली खटिएको छ।

यो अभ्यास प्रदेश स्तरिय विपद् सेमुलेशनको रूपमा गरिएको थियो। बेपत्ता भएका दुवै जनाले २०८०र८१ सालमा गोताखोर तालिम पूरा गरी यसअघि पनि उद्धार कार्यमा खटिइसकेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ