पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या

अपराध

पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या

सनाखत हुन बाँकी

Screenshot_20250609_073705_Facebook

पोखरा महानगरपालिका वडा नं. १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा एक युवकको हत्या भएको छ ।

सोमबार बिहानै किला ठोक्ने घन प्रहार गरेर हत्या गरेको अवस्थामा करीब ३० वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरी बहादुर बस्नेतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोली अनुसन्धानका लागि घटनास्थल पुगिसकेको छ । हत्या भएका व्यक्तिको सनाखत हुन सकेको छैन ।

‘वन विज्ञान अध्ययन संस्थान नजिक शव फेला परेको छ , डीएसपी बस्नेतले भने, ‘अहिले हामी घटनास्थलमा अनुसन्धान गर्दैछौं, मृतकको पहिचान खुल्न बाँकी छ ।’

घटना कति बजे घटेको हो भन्ने विषयमा प्रहरीले अहिले नै केही भन्न नसकिने जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ