पोखराको शैक्षिक क्षेत्रमा अब्बल पहिचान बनाएको सामुदायिक विद्यालय अमरसिंह माविले गुण र चरित्र नभएका अपराधिक मनोवृत्तिका शिक्षकका कारण बदनामी खेपिरहनुपरेको छ ।
पोखरा १० रामघाट स्थित उक्त विद्यालयका कम्प्युटर शिक्षक दिपक दाहालले आइतबार पनि एक विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । कक्षा १० (ख) मा पढ्ने छात्र अच्युत खड्कामाथि कम्प्युटर शिक्षक दाहालले निर्घात कुटपिट गर्दा अस्पताल भर्ना हुनुपरेको छ ।
यसअघि पनि विद्यालयमा एकजना विद्यार्थीको हात नै भाँचिदिएको खुलेको छ । पटक-पटक विद्यार्थी यसरी कुटिइरहँदा पनि विद्यालय प्रशासनले कडाईका साथ कारवाही नगर्दा यस्ता घटना दोहोरिरहेको छ ।
शिक्षक दाहालले खड्काको देब्रे कन्चट र कानको बीचको जोर्नींमा मुक्कै मुक्काले हानेको कक्षाका अरू विद्यार्थीले बताएका छन् । रिसले विक्षिप्त बनेका शिक्षक दाहालको कुटाईबाट विद्यार्थीको अनुहार भरी पनि चोट लागेको छ । घाइते विद्यार्थीको पार्कल्याण्ड हस्पिटल अमरसिंहमा उपचार गरिएको छ ।
घाइते विद्यार्थीको कानमा बढि चोट लागेको र श्रवण क्षमतामा समस्या देखिएको उपचारमा संलग्न अभिभावकले बताएका छन् । घाइते विद्यार्थीका अनुसार आइतबार अन्तिम पिरियडमा ट्युसन क्लासका विषयमा जानकारी दिईरहँदा सामान्य हाँसेको विषयलाई लिएर उनीमाथि निर्घात कुटपिट भएको थियो ।
शिक्षक दाहालले किन हाँसेको भन्दै निर्घात रुपमा कुटपिट गर्न थालेपछि अन्य विद्यार्थीहरु आत्तिएर रुवावासी गरेका थिए । निकै आक्रोशित भएर कुट्न थालेपछि विद्यार्थीहरु शुरुमा त डरले केही समय चुपचाप बसेको तर पछि कुट्दा कुट्दै सास नै फेर्न नसक्ने अवस्थामा साथी ढलेपछि सबै आत्तिएर साथी मर्यो सर छोडिदिनुस् भन्दै होहल्ला गरेको प्रत्यक्षदर्शी विद्यार्थीले अभिभावकलाई बताएका छन् ।
गर्धनमा समातेर विद्यार्थीलाई घोक्राउँदै उनले कक्षा कोठाको सबैभन्दा अगाडि लगेर थप पिट्नका लागि एकजना विद्यार्थीलाई पाइप ल्याउन समेत लगाएका थिए । ती अर्का विद्यार्थीले पिट्न नमिल्ने खालको अलि लामो पाइप ल्याइदिएको विद्यार्थीहरुले बताए । त्यही बेलामा अर्का शिक्षक कक्षा कोठामा आइपुगेपछि मात्र बल्ल उनले पिट्न छाडेका थिए ।
शिक्षक पेशाका जिम्मेवार व्यक्तिबाट यस्तो अमानवीय र आपराधिक व्यवहार पूर्ण रूपमा निन्दनीय भन्दै कारबाहीका मागहरू भइरहेका छन् । विद्यालय शिक्षाको मन्दिर भएपनि यस्ता घटनाले शिक्षण पेसाको बदनाम गराइरहेको छ।

सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान