डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

डीएसपी हुँ मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

pakrau

काठमाडौँ । नेपाल प्रहरीको डीएसपी हुँ भनेर ठगी गर्ने दुई व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेको चौरी देउराली- ८ का वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका- ४ पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन्।

उनीहरूले आफूलाई नेपाल प्रहरीको डीएसपी रहेको बताएर प्रहरी हिरासतमा रहेको मानिसको मुद्दा मिलाइदिन भन्दै छ लाख रुपैयाँ असुल गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

ठगी गरेको भनी उजुरी परेपछि ज्ञानु र रेवतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार ज्ञानु २०७० चैत २० गते हातहतियार खरखजानासम्बन्धी कसुरमा ५ वर्ष जेल सजाय भुक्तान गरेका व्यक्ति हुन्। उनीविरुद्ध २०७० वैशाख १६ गते काठमाडौं जिल्ला, जिल्ला प्रहरी परिसर टेकु, काठमाडौँबाट केही सार्वजनिक अपराध कसुरमा र २०६७ असोज ४ गते जुवासम्बन्धी कसुरमा मुद्दा चलेको देखिएको छ।

प्रकाउ परेका दुवैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds