काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।
गण्डकीका प्रकाश पौडेल ७ मतले पराजित भए । ७३२ मत सहित कडरिया विजयी हुँदा पौडेलले ७२५ मत पाए ।
अञ्जना सिवाकोटी र विकास श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । त्यस्तै, सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।
१५५१ मतदातामा रहेको अखिलमा १४५७ मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो।
३२ वर्षे उमेरहद लागू गरिएसँगै महासचिव नरेश रोकाया, उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरीलगायत अध्यक्षमा उठ्न पाएनन् ।
अध्यक्षमा सचिवद्वय कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भयो । प्रकाशसँगै सचिवहरू दीपक धामी, अञ्जना शिवाकोटी र आरती भट्टराईसमेत अध्यक्षको आकांक्षी थिए । तर, प्रकाश बेगरको प्यानलमा अन्य सबै एक ठाउँमा उभिए ।
कडरियालाई पार्टीको आधिकारिक उम्मेदवार भन्दै प्रचार प्रसार भएको थियो । उसो त सर्वसहमत बनाउनुपर्ने भन्दै पार्टीले सुजनलाई अध्यक्ष, प्रकाशलाई उपाध्यक्ष नाम प्रस्ताव गरिएको थियो ।
कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो । अध्यक्षका आकांक्षीमध्ये अञ्जना शिवाकोटी उपाध्यक्ष र दीपक धामी महासचिवमा कडरियाकै प्यानलबाट चुनाव लडेका थिए । पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका हुन् ।
गण्डकीबाट अध्यक्षमा प्रकाश र सचिवमा अनुप लामिछाने (४ मत) ले पराजयसँगै एक जना मात्र पदाधिकारी (आयोग अध्यक्ष) जित्न सक्यो । लेखा आयोग अध्यक्षमा अञ्जली लम्साल अम्बिकाले जीत हात पारेपछि गण्डकी शुन्य हुनबाट जाेगिएको हो । सचिवालय सदस्य, केन्द्रीय सदस्य तथा आयोग सदस्यमा केही पदमा मात्रै गण्डकीका उम्मेदवारले जितेका छन् ।
पदाधिकारी तथा सदस्यमा को निर्वाचित भए ? कति मत ल्याए ?





सम्बन्धित खबर
कञ्चनपुरमा छाउगोठमा सुतेकी युवतीको सर्पले डसेर मृत्यु
काठमाडौंबाट दाङका लागि छुटेको बस कपिलवस्तुमा दुर्घटना, २९ जना घाइते
आज २१२औँ भानु जयन्ती मनाइँदै
पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन
टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको स्वास्थ्य मन्त्री पौडेलद्वारा उद्घाटन
देशभर बदली र वर्षाको सम्भावना
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
रास्वपा स्याङ्जाका नेता प्रकाश अर्यालबाट कुटिएँ भन्दै मजदुरले गुहारे प्रहरी
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा