काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।
गण्डकीका प्रकाश पौडेल ७ मतले पराजित भए । ७३२ मत सहित कडरिया विजयी हुँदा पौडेलले ७२५ मत पाए ।
अञ्जना सिवाकोटी र विकास श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । त्यस्तै, सचिवमा आकाश घर्ती, रचना सापकोटा, गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए ।
१५५१ मतदातामा रहेको अखिलमा १४५७ मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो।
३२ वर्षे उमेरहद लागू गरिएसँगै महासचिव नरेश रोकाया, उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरीलगायत अध्यक्षमा उठ्न पाएनन् ।
अध्यक्षमा सचिवद्वय कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भयो । प्रकाशसँगै सचिवहरू दीपक धामी, अञ्जना शिवाकोटी र आरती भट्टराईसमेत अध्यक्षको आकांक्षी थिए । तर, प्रकाश बेगरको प्यानलमा अन्य सबै एक ठाउँमा उभिए ।
कडरियालाई पार्टीको आधिकारिक उम्मेदवार भन्दै प्रचार प्रसार भएको थियो । उसो त सर्वसहमत बनाउनुपर्ने भन्दै पार्टीले सुजनलाई अध्यक्ष, प्रकाशलाई उपाध्यक्ष नाम प्रस्ताव गरिएको थियो ।
कडरियाको प्यानल अध्यक्ष मण्डलकै तर्फबाट प्रस्ताव भएको थियो । अध्यक्षका आकांक्षीमध्ये अञ्जना शिवाकोटी उपाध्यक्ष र दीपक धामी महासचिवमा कडरियाकै प्यानलबाट चुनाव लडेका थिए । पौडेलले भने अध्यक्ष मण्डलको प्रस्तावप्रति असहमतहरूलाई समेटेर प्यानल बनाएका हुन् ।
गण्डकीबाट अध्यक्षमा प्रकाश र सचिवमा अनुप लामिछाने (४ मत) ले पराजयसँगै एक जना मात्र पदाधिकारी (आयोग अध्यक्ष) जित्न सक्यो । लेखा आयोग अध्यक्षमा अञ्जली लम्साल अम्बिकाले जीत हात पारेपछि गण्डकी शुन्य हुनबाट जाेगिएको हो । सचिवालय सदस्य, केन्द्रीय सदस्य तथा आयोग सदस्यमा केही पदमा मात्रै गण्डकीका उम्मेदवारले जितेका छन् ।
पदाधिकारी तथा सदस्यमा को निर्वाचित भए ? कति मत ल्याए ?





सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला