पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं महाधिवेशनमा गण्डकीबाट पदाधिकारी तहमा एकजना मात्र निर्वाचित भएका छन् ।
लेखा आयोग अध्यक्षमा अञ्जली लम्साल (अम्बिका) ले सहज जीत दर्ता गरेकी छन् । ६ जनाले अध्यक्षमा प्रतिष्पर्धा गरेकामा अञ्जलीले ३८८ मत ल्याएर विजयी भइन् । निकटतम् प्रतिष्पर्धी दिनेश गौतमभन्दा ६४ मत बढी ल्याएर अध्यक्ष जितेकी हुन् । दिनेशले ३२४ मत ल्याए ।
गण्डकीसँगै देशभरका प्रतिनिधिले माया गरेर मत प्रदान गरेपछि उनी खुशी देखिएकी छन् । उनले गण्डकन्यूजसँग भनिन् – ‘मसँगै अध्यक्षमा प्रतिष्पर्धा गर्नुहुने सबैको प्रतिनिधि अब मै भएँ । उहाँहरुले जुन एजेण्डा उठाएर नेतृत्व लिन चाहुनभएको थियो, अब त्यो एजेण्डा मेरो पनि भयो । सबैको साथ, सल्लाहमै मैले मेरो जिम्मेवारी पूरा गर्ने हो ।’
लेखा आयोग अध्यक्षमा लम्साल निर्वाचित हुँदा उपाध्यक्षमा समीक्षा ढकाल, सचिवमा गगनसिंह बस्नेत विजयी भए।
अञ्जली गण्डकीबाट निर्वाचित मध्ये सबैभन्दा उच्च पदमा रहन सफल भएकी छन् । यसअघि अञ्जली आयोगका सचिव थिइन् । केन्द्रीय सदस्य, सचिवालय सदस्य जिम्मेवारी पूरा गरिसकेकी छन् ।


कीर्तिपुरमा अनेरास्ववियुको महाधिवेशनमा अध्यक्ष पदको निर्वाचनमा गण्डकीका प्रकाश पौडेललाई रामेछापका सुजन कडरियाले पराजित गरे । पौडेलले ७२५ मत पाउँदा कडरियाले ७३२ मत ल्याए । जम्मा ७ मतको झिनो अन्तरले अध्यक्ष बन्ने अवसर गुमाउँदा गण्डकी प्रदेशको नेतृत्व आकांक्षा अधुरो रहन पुग्यो ।
महाधिवेशनबाट अन्य पदाधिकारीमा पनि निर्वाचन भएको छ। खुला उपाध्यक्षमा विकास श्रेष्ठ निर्वाचित भएका छन् भने महिलातर्फको उपाध्यक्षमा अञ्जना सिवाकोटी विजयी भइन्। महासचिवमा ७८५ मतसहित दीपक धामी निर्वाचित भएका छन् ।
चारजना सचिवमा आकाश घर्ती मगर, रचना सापकोटा, समिम बाबु खान र गोपाल नेपाल विजयी भएका छन् ।
निर्वाचन आयोगमा अध्यक्ष जितप्रसाद सिटौला, उपाध्यक्ष प्रविन गिरी र सचिव विशाल पराजुली निर्वाचित भए ।
अनुशासन आयोगमा सुमन घिमिरे अध्यक्षमा, आकाश गिरी उपाध्यक्षमा र स्मृति अधिकारी सचिवमा निर्वाचित भए ।
नीति योजना तथा अनुसन्धान आयोगतर्फ अध्यक्षमा प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे विजयी भएका छन् ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्