पाल्पामा जीप दुर्घटना हुँदा जीपधनीसहित दुई जनाको मृत्यु, चालक घाइते

पाल्पामा जीप दुर्घटना हुँदा जीपधनीसहित दुई जनाको मृत्यु, चालक घाइते

Jeep

फाइल तस्वीर

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका– ५ मा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चालक घाइते भएका छन् ।

हिजो बेलुका आर्यभञ्ज्याङबाट रामपुरका लागि छुटेको लु १ च ६७५६ नम्बरको जीप वीरकोटको आर्यभञ्ज्याङ–रामपुर कच्ची सडकमा दुर्घटना भएको हो ।

दुर्घटनामा जीपधनी बगनासकाली गाउँपालिका–१ गाप्टुङ घर भई बुटवल उपमहानगर–११ मझुवा बस्ने ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रहरीका अनुसार ढुङ्गानाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा र सुनारको मिसन अस्पताल तानसेन पाल्पामा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा चालक बुटवल उपमहानगर– ११ का ३० वर्षीय राजु खड्का घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

अण्डा लोड गरेको जीप सडकदेखि ३०० मिटर तल खसेको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ