उदयपुरमा २८ वर्षीय युवक र १४ वर्षीया बालिका मृत फेला

उदयपुरमा २८ वर्षीय युवक र १४ वर्षीया बालिका मृत फेला

death body

उदयपुर । उदयपुरमा शंकास्पद अवस्थामा दुई जना मृत फेला परेका छन् ।

आज बिहान चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा स्थानीय २८ वर्षीय रविन राई र १४ वर्षीय किशोरी मञ्जु राई मृत फेला परेका हुन् ।

मञ्जुको शव अमलचौरी गाउँको बाटोमा लडिरहेको र त्यसको दुई सय मिटर दुरीमा रविन झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

बिहानै स्थानीयले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी पुगेर खोजतलास गर्दा दुई सय मिटर पर रबिनको शव भेटिएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ