पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा खाना, खाजा आदि नाममा झण्डै साढे २ करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा महानगरले विविध शीर्षकमा २ करोड ३८ लाख ११ हजार ५७८ रुपैयाँ खर्च गरेको उल्लेख गरेको छ । पोखराका विभिन्न होटलमा कार्यक्रम गरेको र खर्चको पुष्ट्याइँविना बिल भरपाइमात्रै संलग्न गरेको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्ला वर्षहरूमा पनि महालेखा परीक्षकको कार्यालयले पोखरा महानगरमा खाना, खाजाको नाममा चरम लापरवाहीपूर्वक खर्च भएको देखाएको थियो ।
महानगरपालिका, महाशाखा तथा विभिन्न वडा कार्यालयमा भएका विविध तथा खाजा खाना खर्चमा उक्त रकम खर्च गरेको हो । खाना तथा विविध खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।
तर, महानगरपालिकाले कार्यक्रम संचालनार्थ खर्च भएको उल्लेख गरी खर्चको पुष्ट्याई बेगर केबल बिल भरपाई मात्र संलग्न गरी विविध शीर्षकबाट खाजाखाना बापतको खर्च गरेको उल्लेख गरेको छ ।

अघिल्लो वर्षभन्दा ३९ लाख बढी खर्च गरेको छ । आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाले खाना खाजामा १ करोड ९९ लाख ७२ हजार रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको हो ।

सम्बन्धित समाचारः
पोखरा महानगरपालिकाको एक वर्षको खाजा खाना खर्च २ करोड
सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?