महालेखापरीक्षकको कार्यालय नेपालले पोखरा महानगरपालिकाले एक वर्षमा खाना खाजामा २ करोड खर्च गरेको औँल्याएको छ ।
आर्थिक वर्ष २०७९/८० मा महानगरपालिकाले खाना खाजामा १ करोड ९९ लाख ७२ हजार रुपैयाँ खर्च गरेको महालेखा परीक्षकको प्रतिवेदनले औल्याएको हो ।
महानगरपालिका, महाशाखा तथा विभिन्न वडा कार्यालयमा भएका विविध तथा खाजा खाना खर्चमा उक्त रकम खर्च गरेको हो । खाना तथा विविध खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नुपर्ने व्यवस्था छ ।
तर, महानगरपालिकाले कार्यक्रम संचालनार्थ खर्च भएको उल्लेख गरी खर्चको पुष्ट्याई बेगर केबल बिल भरपाई मात्र संलग्न गरी विविध शीर्षकबाट खाजाखाना बापतको खर्च गरेको उल्लेख गरेको छ ।
खाजा खानामा महानगरको कार्यालयबाट मात्रै ५९ लाख ८५ हजार २६३ रुपैयाँ खर्च भएको छ । महानगरले भ्रमण तथा अनुगमनमा समेत मोटो रकम खर्च गरेको छ । महानगरबाट आर्थिक वर्ष २०७९/८० मा आन्तरिक तथा वैदेशिक भ्रमणमा १ करोड ४३ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । भने अनुगमनतर्फ २१ लाख ६६ हजार रुपैयाँ खर्च भएको छ ।
स्थानीय तहले प्रदेश सरकारले ल्याएको भ्रमण सम्वन्धी कार्यविधि पालना बेगर समुहगत भ्रमणमा अनियन्त्रित तवरले खर्च गर्ने परिपाटिमा नियन्त्रण गर्नुपर्ने महालेखा परीक्षकले औल्याएको छ ।
यस्तै, महानगरपालिकाले कानुनविपरित करार सेवाका कर्मचारीलाई महंगी भत्ता दिएको पाइएको छ । महानगरले महंगी भत्ता स्वरुप १९५ करारका कर्मचारीलाई २३ लाख ४० हजार प्रदान गरेको हो ।
अर्थ मन्त्रालयको मिति २०७९ वैशाख २१ मा विभिन्न निकायको स्वीकृत दरबन्दीमा करारमा कार्यरत कर्मचारिहरुलाई मासिक रुपमा महंगी भत्ता दिने कुनै पनि कानूनी व्यवस्था नभएकोले करारमा कार्यरत कर्मचारीहरुलाई महंगी भत्ता नदिने निणर्य गरी परिपत्र गरेको छ ।
तर, महानगरले त्यसको वेवास्ता गर्दै करारका कर्मचारीलाई महंगी भत्ता प्रदान गरेको हो । महालेखा परीक्षकले उक्त रकम कानुनविपरित भएको भन्दै अशुल गर्न निर्देशन दिएको छ ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प