पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यालय रहेको हाइकर्स क्लब नेपालले हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (एक दिने पदयात्रा) कार्यक्रम संचालन गर्दै आएको छ ।
गत शनिबार जेठ महिनाको अन्तिम शनिबार पनि क्लबको आयोजनामा हाइकिङ भाग ५९ पोखरा महानगरपालिका वडा नं. २३, मकानपुर गाउँमा पुगेर सम्पन्न भयो । घाँटीछिना देखि पैदल २ घण्टामा पुग्न सकिने सो हाइकिङमा ४५ जना सहभागि भएका थिए । फर्किदा वराङमा रहेको मनोक्रान्ती आश्रमको अवलोकन पनि गरेको थियो ।
स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हुने हाइकिङमा ८÷९ वर्षका हिड्न सक्नेदेखि ७६ वर्षसम्मका सहभागि हुन रुचाउँछन् । सहभागिले आफ्नो खर्च आफैले व्यहोर्नु पर्ने हुन्छ भने साना वालवालिकाहरुलाई अवस्था हेरी निशुल्क गरिदै आएको सो दिनको हाइकिङ संयोजक तथा क्लबकी कोषाध्यक्ष टिका आचार्य सुवेदीले वताईन् ।
विद्यार्थी, व्यापारी, गृहणी सबै जना महिनामा एक दिन आफुलाई निकाल्नु पर्छ भन्ने भावनाले पनि हाइकिङ कार्यक्रम ६ वर्ष देखि निरन्तर संचालित छ भने दिनप्रतिदिन सहभागिहरु वढ्दै गइरहेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताए । अध्यक्ष रानाभाट दरबारथोक मिडिया प्रालिका संचालक अध्यक्ष समेत हुन ।
हाइकिङमा अहिलेसम्म हजारौं सहभागि भइ सकेका छन् भने स्याङ्जा, तनहुँ र कास्कीका गाउँपालिका, नगरपालिका, महानगरपालिका का विभिन्न वडाहरुमा गई त्यहाँको पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा टेवा पुर्याउँदै आएको छ । यस कार्यक्रमले पोखरा भ्रमण वर्ष २०२५ लाई सहयोग गर्नुका साथै पर्यटनको राजधानी पोखरालाई आफ्नै तरिकाबाट प्रचारप्रसार गरेको छ ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?