पोखरा । इम्ब्रोइरी एण्ड गामेन्ट्स एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सहयोगमा स्थलगत रुपमा कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सीप विकास तालिम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत यही असार १ गतेदेखि बाग्लुङको ताराखोलामा अल्लो उद्योग जानकारी, रुकुमकोट छिपखोला खोला अल्लो उद्योगमा तालिम, प्युठानको हिमाल अल्लो कपडा उद्योगमा कच्चा पदार्थ सम्बन्धी जानकारी लगायतका कार्यक्रम गरिएको थियो ।
रुकुमकोटको सिस्ने गाउँपालिका २ स्थित छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सिप विकास तालिममा सहभागीले कच्चा पदार्थको प्रशोधन प्रक्रिया लगायतमा जानकारी लिएका थिए ।
त्यस्तै छिपखोला अल्लो कपडा उद्योगमा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य तिर्था पुनले अल्लोको खेती, कटानी, प्रशोधन, कपास धागो बनाउनेदेखि डिजाइन तथा बुन्ने लगायतका विषयमा तालिम दिएका थिए । उक्त अवसरमा अल्लोको प्रयोगका फाइदा र उद्योग सञ्चालनका समस्या लगायतका बारेमा जानकारी गराए ।
बाग्लुुङको ताराखोला गाउँपालिका वडा नं ५ स्थिल अल्लो उद्योगमा भएको कार्यक्रममा अल्लो उद्योग र त्यसका समाग्री उत्पादन प्रक्रिया लगायतमा जानकारी गराइएको थियो । ११ जना दिदी बहिनी कार्यरत केन्द्रमा १२ वटा तानमा चाल्ने सिस्नोको पाटबाट प्रशोधनगरी कपडा उत्पादन भैरहेको लगायतमा जानकारी गराइयो ।
स्थलगत अवलोकन एवम् तालिम पश्चात रुकुम पूर्वमा आयोजित समापन कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए।
सभामुख घर्तीले स्थानीय सिप र साधनले पर्यटकीय बजार बिस्तार र पहुँच निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने बताउँदै तालिमको महत्वबारे प्रकाश पारे । वातावरणमैत्री उद्योगले रोजगारी सिर्जना गर्ने उनको भनाइ छ ।
रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले कृषकको उत्पादन र बजारीकरणमा तीनवटै तहका सरकारको सहयोग आवश्यक हुनेमा जोड दिए ।
पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जिवी पोखरेलले मध्य पहाडी लोक मार्गको पहुँच बिस्तारले स्थानीय सिपयुक्त उत्पादन मुख्य बजारसम्म जोडिएकोले गुणस्तरीय समान उत्पादनमा ध्यान दिनुपर्ने बताए ।
एगाका पूर्व अध्यक्ष विश्वराज पोखरोलले तालिम निकै उपयोगी बन्ेको धारणा राखे ।
एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षता एवम् सचिव माया सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रमको संयोजन उपाध्यक्ष एवम् कार्यक्रम संयोजक गीता ढकाल(पौडेल)ले गरेका थिए ।
कार्यक्रमकै क्रममा प्युठानको गौमुखी गाउँपालिकाको हिमाल अल्लो उद्योगको पनि स्थलगत रुपमा अध्ययन, अवलोकन एवम् जानकारी लिइएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो