भिमाद । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशको अध्यक्षमा खड्क आलेमगर सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार तनहुँको भिमाद नगरपालिका–६, मालेबगरस्थित गणेश एकेडेमीमा सम्पन्न दोस्रो प्रदेश अधिवेशनबाट यसअघि उपाध्यक्ष रहेका आलेमगर अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यसैगरी, उपाध्यक्षमा दीपक सिंजालीमगर, सचिवमा भोज विवश खण्डलुकमगर, सह–सचिवमा पुनम थापामगर र कोषाध्यक्षमा पूर्ण ठाडामगर सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, ११ सदस्यीय प्रदेश समितिका सदस्यहरूमा लेखबहादुर आलेमगर (स्याङ्जा), थमनसिंह रानामगर (तनहुँ), रुयाशा थापामगर (बागलुङ), यामबहादुर थापामगर “दिनेश” (नवलपुर) निर्वाचित हुनुभएको छ । बाँकी दुई सदस्य बैठकबाट मनोनित गरिने नवनिर्वाचित अध्यक्ष खड्क आलेमगरले जानकारी दिए ।
अधिवेशन सम्पन्न गर्नका लागि संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगरको संयोजकत्वमा नेपाल मगर संघ, गण्डकी प्रदेश सदस्य बेलमाया आलेमगर र गणेश एकेडेमीका प्राचार्य मनबहादुर सारूमगर सदस्य रहेको तीन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
यसअघि, अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका पूर्व आर्थिक मामिला मन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य जीतप्रकाश आलेमगरले मगर जातिको इतिहास, भाषा, धर्म र संस्कृतिको बारेमा लेखकहरूले कलम चलाउनुपर्ने आवश्यकता रहेको बताए । मगर समुदायको ऐतिहासिक लिखित दस्तावेज पाउन कठिन रहेको भन्दै उनले कलम चलाउने कुरा सजिलो नभएको धारणा व्यक्त गरे । लेखक हुन सबैलाई रहर हुने भएपनि साँच्चिकै लेखक बन्न गाह्रो भएको भन्दै पूर्व मन्त्री आलेमगरले मगर लेखक संघले गतिविधि बढाउँदै लैजान सके मगर समुदायमा जागरण ल्याउन सक्ने विश्वास व्यक्त गरे।

नेपाल मगर लेखक संघका केन्द्रीय सचिव रूद्रबहादुर श्रीसमगरले मगर समुदायमा लेखकको अभाव रहेको भन्दै लेखकको अभाव पूर्तिका लागि मगर लेखक संघले विभिन्न गतिविधि गर्दै आइरहेको उल्लेख गरे । लेखन कार्य अत्यन्त जटिल हुने भन्दै उनले प्राज्ञिक र बौद्धिक क्षेत्रमा समुदायको कम चासो हुनु चिन्ताको विषय भएको बताए । भिमाद नगरपालिका वडा नं. ६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले लेखकहरूले जनप्रतिनिधिले गरेका गलत काममा खबरदारी र राम्रो काम जनतासम्म पुर्याउन भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै, वडा नं. ४ का वडाध्यक्ष रामकृष्ण रानामगरले आफ्नो भाषा, संस्कार र संस्कृतिका बारेमा मगर लेखकहरूले कलम चलाउनुपर्ने बताउँदै लेखनको माध्यमबाट मगर समुदायको उत्थानमा भूमिका खेल्न आग्रह समेत गरे ।
अधिवेशनको उद्घाटन समारोहमा नेपाल मगरसंघ, गण्डकी प्रदेश सदस्य बेलमाया आलेमगर, सेतीकाली साहित्य संगमका अध्यक्ष नारायणकैलाश सिग्देल, गणेश एकेडेमीका प्राचार्य मनबहादुर सारूमगर, समाजसेवी राजन आलेमगर, नरेन्द्र थापामगर, प्रभात आलेमगर, नेपाल मगर लेखक संघ, स्याङ्जाका अध्यक्ष जीबी रानामगर, तनहुँका अध्यक्ष यामलाल थापामगर, बागलुङका संयोजक यामबहादुर थापामगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थियो ।
नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष धीरेन्द्र थापामगर “किसानी”को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव दीपक सिंजालीमगरले गरेका थिए भने उपाध्यक्ष खड्क आलेमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’