बागलुङकी रुयासा मगर महिला विभाग प्रमुखमा चयन

बागलुङकी रुयासा मगर महिला विभाग प्रमुखमा चयन

ruyasa thapa magar

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; module: j; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: SFHDR; cct_value: 0; AI_Scene: (0, -1); aec_lux: 157.15259; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

बागलुङ । नेपाल मगर विद्यार्थी संघको १२ औ राष्ट्रिया महाधिवेशन पश्चात निर्वाचित केन्द्रिय समितिको प्रथम पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न, काठमाडौ प्रदर्शनी मार्गमा भएपछि बागलुङकी निर्वाचित केन्द्रिय सदस्य रुयासा थापा मगर महिला विभाग प्रमुखमा चयन भएकी छन् ।

सो प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि नेपाल मंगर संघका सह—अध्यक्ष श्री गंगा बहादुर थापा मगरको आतिथ्यतामा भएको थियो । सो बैठक तथा प्रशिक्षण कार्यक्रमका आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापा मगर, नेपाल मगर संघका सल्लाहकार श्री दिल बहादुर थापा मगर, नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य तथा नेपाल मगर लेखक सघका अध्यक्ष डा. विष्णु कुमार सिंजाली मगर, नेपाल सरकारका उपसचिव श्री बल बहादुर घर्ती मगरले विभिन्न शिर्षकमा प्रशिक्षण गरेका थिए । बैठकले आर्थिक, भौतिक नैतिक लगायत सबै तबरले साथ सहयोग गर्नुहुने महानुभावहरुलाई हार्दिक धन्यवाद तथा हार्दिक आभार व्यक्त गरेको गरेको छ ।

साथै बैठकले शैक्षिक विभाग, अतिरिक्त क्रियाकलाप विभाग, भाषा संस्कृति विभाग, जनसम्पर्क तथा कार्यालय सञ्चालन विभाग, प्रशिक्षण विभाग, आर्थिक विभाग, संगठन विभाग, तथ्याङक विभाग, स्ववियु समन्वय विभाग, महिला विभाग, विदेश विभाग, विदेश विभाग, प्रचारप्रसार विभाग, स्वास्थ्य विभाग, अनुशासन तथा अनुगमन विभाग र संचार विभाग गठन गरेको जानकारी महासचिव याम बहादुर रोका मगरले जानकारी दिए । नेपाल मगर संघका सह अध्यक्ष प्रमुख अतिथिले मगरहरुले मगरका गतिविधिहरु, इतिहासहरु, कला सस्कृती, रहनसहन तथा रैथानेकरणलाई दस्तावेजीकरण गर्नका लागि युवा विद्यार्थीहरु लाग्न अुनरोध गर्दै जवसम्म योग्यता, शिक्षा, पठनसस्कृति विकास गर्न सकिदैन तबसम्म मगर उत्थान नहुने बताए । सम्पुर्ण मगरहरु एक होऔ भन्दै लखन सङग्रहलय निर्माण महाअभियानमा सहयोग र साथ दिन छलफल तथा निर्णय भएको छ ।

नवनिर्वाचित नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको महिला विभाग प्रमुख रुयासा मगरले मगर महिला विद्यार्थीहरुको उत्थान, हक हितमा काम र आवाज उठाउने कुराको जानकारी दिइन् । मगर महिला विद्यार्थीहरुको उच्च शिक्षामा सहभागी हुने बताउँदै आफुले समेत सिक्दै र सिकाउँदै अगाडी बढने आगामी दिनहरुमा योजना रहेका बताइन् । बैठकको अध्यक्ष राजु पुन मगरको अध्यक्षतामा भएको थियो । रुयासा थापा मगर बागलुङ नगरपालिका १०, भकुण्डे, बागलुङ स्थायी बासिन्दा हुन् । धवलागिरी बहुमुखी क्यापस बागलुङमा विविएस तेश्रो वर्षमा अध्ययरत छात्रा हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ