पोखरा । कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि ४८ करोड ५५ लाख ३७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले आइतबार गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गरिन्। यसअघि गाउँपालिका अध्यक्ष नवराज ओझाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष गुरुङका अनुसार बजेटमध्ये ३३ करोड ३४ लाख ४८ हजार रुपैयाँ चालु खर्चका लागि र १५ करोड २० लाख ५७ हजार रुपैयाँ पूँजीगत तर्फ विनियोजन गरिएको छ।
बजेटको मुख्य स्रोतमा संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँड, ससर्त तथा समपुरक अनुदान गरी करिब ४० करोड भन्दा बढीको रकम रहेको छ। गण्डकी प्रदेश सरकारबाट पनि समानीकरण, समपुरक र विशेष अनुदान लगायत २ करोड भन्दा बढी रकम प्राप्त हुने अनुमान गरिएको छ।
आन्तरिक स्रोतबाट १ करोड ६४ लाख रुपैयाँ र चालु आर्थिक वर्षको बाँकी ३ करोड ८९ लाख रुपैयाँ समेत समेटिएको छ। प्राप्त हुन नसक्ने ५ करोड ५३ लाख रुपैयाँ पनि उल्लेख गरिएको छ ।
बजेटमा कृषि र पशुपालनलाई प्राथमिकता दिँदै करिब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। पर्यटन प्रवर्द्धन, स्वास्थ्य सेवा, शिक्षा, खानेपानी, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई समेत बजेटमा उच्च प्राथमिकता दिइएको छ । स्वास्थ्य क्षेत्रमा ३ करोड ५९ लाख, शिक्षा क्षेत्रमा १६ करोड ७२ लाख, पूर्वाधार विकासमा १० करोड ८९ लाख तथा सामाजिक क्षेत्रतर्फ २१ करोड २३ लाख १० हजार विनियोजन गरिएको हो।
गाउँपालिकाले जलदेवी धार्मिक क्षेत्र संरक्षण, ग्रेटवाल ट्र्याक निर्माण, घुम्ती कृषि कार्यक्रम, दूध उत्पादनमा आत्मनिर्भरता, एक वडा–एक पोखरी कार्यक्रम, रूपाकोट अस्पताल सुदृढीकरण, सोलार वितरण लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरेको छ।
रूपा गाउँपालिकाले चालु आर्थिक वर्ष ५० करोड ४६ लाखको बजेटमध्ये ८९.९६ प्रतिशत राजस्व संकलन गरेको छ भने औसत खर्च प्रगति ५६.९७ प्रतिशत रहेको जानकारी उपाध्यक्ष गुरुङले जनाइन् । उपाध्यक्ष गुरुङले प्रस्तुत गरेको बजेट गाउँसभाबाट अनुमोदनका लागि प्रस्ताव गरिएको छ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन