करेन्ट लागेर मुगुमा १० खच्चड मरे, स्थानीयद्वारा क्षतिपूर्तिको माग

करेन्ट लागेर मुगुमा १० खच्चड मरे, स्थानीयद्वारा क्षतिपूर्तिको माग

khachchad-mugu

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका १२ स्थित लुम्स गाउँमा करेन्ट लागेर १० वटा खच्चड मरेका छन् ।

आइतबार राति १० बजेतिर राष्ट्रिय विद्युत् प्रसारण लाइनको करेन्ट लागेर लुम्स गाउँका तीन किसानका १० खच्चड मरेका हुन् ।

मरेका खच्चडहरूमा छायानाथ– १ का कर्णबहादुर मल्लका चार, वडा नं १० का जग्गी बढुवालका तीन र पृथ्वीबहादुर ऐडीका तीन–तीनवटा रहेका छन्।

जिल्ला सदरमुकाम गमगढीबाट सामान बोकेर मुगुम कार्मारोङ गाउँपालिकातर्फ जाँदै गरेका ती खच्चडलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट चुहावट भएको करेन्ट लागेको थियो।

गत शुक्रबार मात्र पनि वडा नं १२ कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो।

अहिले करेन्ट लागेर खच्चड मरेको आसपासमा जान रोक लगाइएको छ ।

विद्युत् प्राधिकरणको लापरबाहीका कारण यस्तो घटना भएको भन्दै स्थानीयले मरेका खच्चडको क्षतिपूर्ति दिन र विद्युत् सुरक्षित रुपमा जडान गर्न माग गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ