बाढीले बगाएर बेपत्ता भएका पूर्व वडा सदस्य मृत फेला

बाढीले बगाएर बेपत्ता भएका पूर्व वडा सदस्य मृत फेला

bohara

बाजुरा । बाजुराको गौमुल गाउँपालिका– ३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला परेका छन् ।

आइतबार दिउँसो २ः४५ बजे घट्टको पात्थर ल्याउँने क्रममा गेरेनीखोला तर्ने बेला एकासी माथिबाट आएको बाढीले उनलाई बगाएको थियो ।

बाढीले बगाएर बेत्तपा भएका बोहराको शव गौमुल गाउँपालिकाकै आगर भन्ने ठाउँमा सोमबार बिहान करिब ७ः३० बजे भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बेपत्ता उनलाई आइतबार स्थानीय र प्रहरीले खोजी गर्दा पनि भेटिएका थिएनन् । आज बिहान खोलामा पानीको बहाव घटेपछि उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds