वासिङ्टन । इरानबाट कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरू लक्षित गरी मिसाइल प्रक्षेपण गरिएको दुई जना अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले समाचार प्रकाशित गरेको छ ।
अमेरिकी पक्षले ती मिसाइलहरूको ट्र्याकिङ गरिरहेको समाचारमा उल्लेख छ ।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ र जोइन्ड चिफ अफ स्टाफका अध्यक्ष ड्यान केन हाल ‘सिचुएसन रूम’ मा छन्।
यसअघि एक वरिष्ठ अधिकारीले कतरस्थित अल उदैद एयर बेसमाथि सम्भावित आक्रमणको खतरा भन्दै ह्वाइट हाउस र रक्षा मन्त्रालयका अधिकारीहरू निगरानीमा रहेको बताएका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना उक्त बेसको भ्रमण गरेका थिए । सन् २००३ पछि त्यहाँ पुग्ने उनी पहिलो राष्ट्रपति बनेका थिए । यो मध्यपूर्वमा रहेको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा हो।
यस्तै कतारले आफ्नो आकाशमा उडान रद्द गरेको छ । भने अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेका छन् ।
कतारले बन्द गर्यो आफ्नो हवाई क्षेत्र
कतारले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। आफ्नो नागरिक, बासिन्दा र पर्यटकहरूको सुरक्षाको प्रतिबद्धताको रूपमा एयर स्पेस बन्द गरेको कतारी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
बंगलादेशको सत्ता छाड्दा युनुसले नेपाल र सेभेन सिस्टर्सको प्रसंग उठाएपछि भारतमा तरङ्ग
बंगलादेश चुनावमा विद्यार्थी विद्रोहबाट स्थापित नयाँ दलले ६ सिट जित्दा पुरानालाई दुई तिहाई
बंगलादेशमा बीएनपीलाई बहुमत, १७ वर्षपछि देश फर्किएका खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह