कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/0८३ का लागि ६७ करोड ९९ लाख ५१ हजारको बजेट ल्याएको छ।
गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले मंगलबार गाउँसभामा बजेट प्रस्तुत गर्दै संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी र बैंक मौज्दात समावेश गरिएको जानकारी दिइन् ।
उजका अनुसार बजेट स्रोतहरू संघीय सरकारबाट वस्तुगत समानीकरण अनुदान ११ करोड २४ लाख, सशर्त अनुदान तर्फ २७ करोड ९४ लाख, समर्पित (निर्दिष्ट) अनुदान तर्फ ८१ लाख, राजस्व बाँडफाँटतर्फ १२ करोड १९ लाख, रोयल्टी बाँडफाँट तर्फ ४३ लाख छ ।
प्रदेश सरकारबाट वस्तुगत समानीकरण अनुदान तर्फ १ करोड २६ लाख ५९ हजार, समर्पित अनुदान तर्फ ६० लाख, सशर्त अनुदानतर्फ २ लाख, विशेष अनुदानतर्फ ४० लाख, राजस्व बाँडफाँटतर्फ १ करोड १२ लाख ४४ हजार छ ।
गाउँपालिकाको आन्तरिक राजस्वतर्फ २ करोड ९५ लाख, हालको बैंक मौज्दाततर्फ ५ करोड ६४ लाख ३३ हजार उल्लेख छ ।
बजेटको क्षेत्रगत बाँडफाँटमा पूर्वाधार विकासतर्फ ११ करोड ५० लाख ५० हजार, सामाजिक विकासतर्फ ४ करोड ९४ लाख ३३ हजार, आर्थिक विकासतर्फ २ करोड ४४ लाख ८ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ९५ लाख, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका लागि १ करोड ६४ लाख ५० हजार, गाउँपालिका कार्यालय तथा मातहत कार्यालय सञ्चालन १० करोड ८० लाख १० हजार, फिर्ता गर्नुपर्ने रकमहरू २ करोड ३५ लाख, वडागत बजेट ५ करोड ४० लाख, सशर्त अनुदानमार्फत कार्यक्रमतर्फ २७ करोड ९६ लाख छ ।
यसअघि गाउँपालिकाका अध्यक्ष मिन बहादुर गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरिएको छ।
ग्रामीण कृषि प्रणालीमा सुधार, कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने जस्ता बिषय बजेटमा समेटिएको प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले बताए। त्यसैगरी स्वास्थ्य, शिक्षा, पशु दाना उद्योग स्थापनाको तयारी र मर्दी हिमालको प्रवर्द्धन गर्न संवाद कार्यक्रम जस्ता व्यावहारिक कार्यक्रमहरू बजेटमा समावेश गरिएको उनले बताए ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो