कडा आलोचनाबीच गण्डकी प्रदेशको बजेट पारित

बजेट

कडा आलोचनाबीच गण्डकी प्रदेशको बजेट पारित

Gandaki Pradesh Sabha

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

शुक्रबार बसेको प्रदेश सभा बैठकले सत्तापक्ष र प्रतिपक्ष सांसदहरूको आलोचनाका बाबजुद बजेट पारित गरेको हो । आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले १ असारमा प्रदेश सभामा प्रस्तुत गरेको ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेटको पक्षमा सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा (एमाले)का सांसदले मतदान गरेका थिए।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले बजेटको विपक्षमा मतदान गर्‍यो भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तटस्थ बस्यो । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ९९ करोड ८५ लाख ७६ हजार रुपैयाँले कम हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ