पोखराको मदरल्याण्ड माविका ११ जना विद्यार्थीले ल्याए सर्वोत्कृष्ट ४.० जीपीए

पोखराको मदरल्याण्ड माविका ११ जना विद्यार्थीले ल्याए सर्वोत्कृष्ट ४.० जीपीए

Motherland

पोखरा । पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। यो विद्यालयबाट एकैचोटि ११ जना विद्यार्थीले सर्वोत्कृष्ट ४.० जीपीए ल्याउन सफल भएका हुन् ।

अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रीतिका यादव, ओशन त्रिपाठी, साक्षी भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मीले सर्वोत्कृष्ट नतिजा पाएका हुन् । यीमध्ये ८ जनाले कक्षा ८ मा पनि ४ जीपीए ल्याएका थिए ।

यहाँका कुल १६६ जना परीक्षार्थी सहभागी थिए ।

मदरल्याण्ड मावि पोखरा– ७, मासबारबाट २०८१ को एसईईमा सहभागी विद्यार्थीहरुको परीक्षाफलः

४.० जीपीए ल्याउने: ११ जना
३.९६ जीपीए ल्याउने: १८ जना
३.६०–४.० जीपीए बीच: १३६ जना
३.२–३.६ जीपीए बीच:२८ जना
३.०५ जीपीए ल्याउने: १ जना मात्र

गत वर्ष पनि यस विद्यालयका १० जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ