पोखरा । पोखराको सांगीतिक र सांस्कृतिक क्षेत्रमा विशेष पहिचान बनाएको सफल निरमाया दोहोरी सांझ एण्ड रेष्टुरेन्ट प्रालिले आफ्नो २१औं वार्षिकोत्सव विशेष कार्यक्रमसहित भव्य रूपमा मनाउने भएको छ।
वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक कार्यक्रममा लोकदोहोरी क्षेत्रका चर्चित कलाकारहरू गीता पाइजा, श्याम राना, टीका सानु, सिद्धार्थ आले, माया गुरुङ र चीज गुरुङले प्रस्तुति दिनेभएका छन । असार १५ देखि २० गते सम्म आयोजना हुने वार्षिकोत्सवमा नियमित कलाकारको समेत प्रस्तुति रहने संचालक इन्द्रा पुनले जानकारी गराइन ।
रेष्टुरेन्टका अर्का सञ्चालक जीवन गुरुङका अनुसार, दुई दशकभन्दा लामो यात्रामा रेष्टुरेन्टले लोकसंस्कृति संरक्षण र प्रवर्द्धनमा उल्लेखनीय योगदान गर्दै आएको छ। उनले भने, “हाम्रो उद्देश्य केवल व्यवसायिक सेवा मात्रै होइन, नेपाली मौलिक लोकसंस्कृति र पहिचानलाई जगेर्ना गर्नु पनि हो। यसै उद्देश्यले हरेक वर्ष वार्षिकोत्सवलाई सांगीतिक माहोलमा मनाउँदै आएका छौं।”
उनका अनुसार यो कार्यक्रमले नयाँ पुस्तामा लोकसंस्कतिको रुचि थप जगाउने विश्वास गरिएको छ। कार्यक्रममा उपस्थित दर्शकले कलाकारहरूको प्रत्यक्ष प्रस्तुति, लोकदोहोरी गीत, नृत्य र विविध मनोरञ्जनात्मक कार्यक्रमको मजा लिन सक्नेछन्।
रेष्टुरेन्टले आगामी दिनहरूमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट परिकार र सांगीतिक माहोलमार्फत ग्राहकहरूको मन जित्दै अघि बढ्ने प्रतिवद्धता जनाएको छ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर