सात वर्षीया बालिकाको बलात्कारपछि हत्या, काका प्रहरी नियन्त्रणमा

सात वर्षीया बालिकाको बलात्कारपछि हत्या, काका प्रहरी नियन्त्रणमा

Pakrau filepic

मोरङ । मोरङको धनपालथान गाउँपालिका– ५ बबियामा एक सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ।

शुक्रबार राति घर नजिकै सुतिरहेकी आत्तिका सरदारको शव शनिबार बिहान दुर्गा आधारभूत विद्यालय छेउको बाटोमा फेला परेको प्रहरीले जनाएको छ।

उनी आफ्ना काका अनिष सरदारसँगै सुतिरहेकी थिइन्। प्रहरीका अनुसार उनी राति करिब ३ बजेबाट बेपत्ता थिइन्। बालिकाका आमा–बुबा कामको सिलसिलामा भारत गएका थिए भने आत्तिका आफ्नी हजुरआमासँग थिइन्।

परिवारका सदस्यहरू सुतिरहेको बेला आत्तिका बेपत्ता भएको र खोजीका क्रममा शव बिहान ५ बजेतिर करिब सय मिटर पर फेला परेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका अनुसार घटनास्थलको अवस्था हेर्दा बालिकामाथि बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, पोस्टमार्टम रिपोर्ट नआउँदासम्म यकिन भन्न नसकिने बताइएको छ।

प्रहरीले बालिकाका काका अनिष सरदारलाई नियन्त्रणमा लिएको छ। उनी मदिरा सेवन गरेको पुष्टि भए पनि बलात्कार वा हत्या स्वीकार नगरेको प्रहरी स्रोतले जनाएको छ।

शवको पोस्टमार्टम विराटनगरस्थित कोशी अस्पतालमा गरिएको छ।

घटनाको अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ